डा. उपेन्द्र देवकोटाकी छोरी अपहरणकारीलाई १७ वर्ष कैद, २६ लाख जरिवाना

Apaharan

काठमाडौँ । डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने मुख्य आरोपी राजु थापालाई पाटन उच्च अदालतले १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको छ ।
२०६५ साल साउन १९ गते बिहान ३ बजे डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरण भएको थियो । खड्का भद्रकालीस्थित गाउँको घरबाट भएको अपहरणमा १६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद र सुनका गहना समेत लुटपाट भएको थियो ।

एक करोड ३० लाख रुपैयाँ फिरौती बुझाएको ३ दिनपछि अपहरणकारीले मेघालाई गौशालामा ल्याएर छाडेका थिए । अपहरणकारीले सुरुमा १० करोडको फिरौती मागी मोलमोलाई गरेकोमा पछि एक करोड ३० लाखमा सम्झौता भएको थियो । उनीहरुले प्रहरीलाई खवर गरेमा छोरी मारिदिने भन्दै पेस्तोल देखाई अपहरण गरेकाले केही समय त्यसको खवर समेत सार्वजनिक भएको थिएन ।


प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा कृष्ण राई, दिल कुमार भन्ने सिद्धार्थ लामा, राजु लामा, हेमन्न भन्ने हेमबहादुर थापामगर र राजु थापाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरीले उनीहरुमाथि अपहरण तथा शरीर बन्धक, डाका तथा चोरीको अभियोगमा कारवाहीको माग राख्यो । प्रहरीले उनीहरुसँग कुल विगो १ करोड ४६ लाख ३२ हजार ३६० रुपैंया मागदावी गरेको थियो ।

उक्त मुद्दामा राजु थापा बाहेकका अरु आरोपितहरुका हकमा काठमाडौं जिल्ला अदालतले २०६९ साल माघ ६ गते फैसला गर अपहरणको आरोप ठहर गरेको थियो । डाकाको आरोपमा कृष्ण राई र सिद्धार्थ लामालाई ६ वर्ष कैद र डाकाको आरोपमा २४ लाख ४८ हजार जरिवाना भएको थियो ।

अपहरणको आरोपमा समेत सबैलाई ११ वर्ष कैद र एक लाख ७५ हजार जरिवाना भएको थियो । उक्त फैसलालाई सर्वोच्च अदालतका न्यायाधीश शुसिला कार्की र जगदिश शर्मा पौडेलको इजलासले २०७३ साल बैशाख १३ गते सदर गरेको थियो ।

उच्च अदालतले २०७१ साल असार ३१ गते जिल्ला अदालत काठमाडौंको फैसलालाई केही फेरबदल गरेको हो । जिल्ला अदालतले थापालाई ११ वर्ष कैद र एक लाख ७५ हजार रुपैंया जरिवाना गरेको थियो ।

प्रहरी अनुसन्धान अनुसार, थापा अपहरणको मुख्य आरोपित थिए । उनले डा. देवकोटासँग चावी मागी गाडीमा राखेर छोरी मेघाको अपहरण गरेका थिए । उच्च अदालतले अपहरणमा ११ वर्ष र डाकातर्फको आरोपमा थप ६ वर्ष कैद फैसला गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...