पत्याउनु हुन्छ नेपालमै दैनिक ३ को बलात्कार हुँदैछ ! हेर्नुस् यस्तो छ तथ्यांक

दलित र जनजाति महिला अधिक पीडित

Rape 12

काठमाडौं । नेपालमा यतिबेला प्रत्येक दिन ३ वटा बलात्कार घटना भइरहेका छन् ।

जातीय जनसंख्याका आधारमा भने सबैभन्दा बढी दलित महिला बलात्कृत हुने गरेका छन् । पछिल्लो ३ वर्षको तथ्यांकलाई हेर्दा १९ प्रतिशत दलित महिला कलात्कृत भएका छन् । जबकी नेपालमा १३ दशमलव २ प्रतिशत दलित छन् ।

बलात्कारका घटनामा जनजाति समुदायका महिला पनि उत्तिकै पीडित हुने गरेका छन् । २०७३ मा ७ सय ९२ वटा बलात्कारका घटना भएकामा ३४ प्रतिशत जनजाति, १९ प्रतिशत दलित, १८ प्रतिशत क्षेत्री, ९ प्रतिशत ब्राह्मण, ६ प्रतिशत मधेशी, ४ प्रतिशत मुस्लिम र ९ प्रतिशत महिलाको पहिचान हुन नसकेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०७०/७१ यताका ३ आर्थिक वर्षमा मात्रै बलात्कारका ३ हजार ५ वटा घटना दर्ता भएका छन् । २०७०/७१ मा ९ सय ३५ , २०७१/७२ मा ९ सय ८१, २०७२/७३ मा बढेर १ हजार ८९ पुगेको छ भने  २०७३/७४ का ९ महिनामा मात्रै बलात्कारका १ हजार १ सय ३० वटा बलात्कारका घटना भएका छन् ।

लुकाइन्छ घटना
बलात्कारका घटना बढ्दै गए पनि दलित समुदायका महिला बलात्कृत हुँदा सार्वजनिक हुन नसकेको एक अध्ययनले देखाएको छ ।

जागरण मिडिया सेन्टरले गरेको एक अध्ययनमा स्थानीय निकायमा निर्वाचित दलित महिलासमेत बलात्कृत हुँदा सो घटना सार्वजनिक हुन नसकेको देखिएको छ । तर, बलात्कारका घटना हुँदा सबैभन्दा बढी दलित महिला नै बलात्कृत हुने गरेको तथ्यांकले बताउँछ ।

सेन्टरका अनुसार स्थानीय निकायमा निर्वाचित २ जना दलित महिलाको बलात्कृत भएका छन् । एक वर्षको अवधीमा ३ जना दलित महिला सदस्य हत्या भएको उल्लेख गरिएको छ ।

खासगरी पछिल्लो समयमा बलात्कार जस्तो जघण्य अपराधमा दलित महिला धेरै पीडित हुनुपरेको जागरण मिडिया सेन्टरका कार्यक्रम संयोजक शिवहरी ज्ञवालीले बताए । उनले दलित महिला बलात्कृत हुँदा राजनीतिक दवाव र सामाजिक बहिष्करणमा परिने डरले पनि कतिपय बलात्कारका घटना सार्वजनिक हुन नसकेको बताए ।

बुधबार काठमाडौंमा आयोजना गरेको बालबालिका, बलात्कार र दलित महिला विषयक मिडिया संवादमा कार्यक्रममा सहभागीहरुले पछिल्ला दिनमा दलितहरुप्रति छुवाछूतका घटना बढ्दै गएको र त्यसमा पनि दलित महिला बलात्कृत हुनु परेकोमा चिन्ता व्यक्त गरे ।

प्रतिनिधि सभा सदस्य निरा जैरुले स्थानीय निकायका उपप्रमुखहरुले न्यायालय हेर्ने भएकाले उनीहरुले निक्कै सुझबुझका साथ काम गर्नुपर्ने बताइन् । उनले अब बन्ने संघीय काननुले बालबालिका बलाकारमा संलग्न हुनेमाथि कडाभन्दा कडा सजायको व्यवस्था गर्नुपर्ने बताइन् ।

सो कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले महिलामाथि हुने हिंसाको जानकारी लिन र तत्काल उद्धार गर्न सजिलो होस भनेर आयोगले महिला हेल्प लाइनको सुरुवात गर्न लागिएको जानकारी दिए ।

सो कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपाली लगायतले दलित समुदायका महिला थप हिंसामा पर्ने गरे पनि न्याय पाउन नसकेकोमा गुनासो गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...