तीनवटै राप्रपा एक हुने तयारीमा, पूर्व राजाको पनि बढ्यो सक्रिय

Kamal thapa pashupati and lohani

काठमाडौं । तीन चिरामा विभाजन भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै समुह एक हुने तरखरमा जुटेका छन् । फुटेका राप्रपालाई एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा तीन चिरा भएको थियो । पार्टी विभाजनका कारण राप्रपाले अप्रत्याशित हार व्यहोरेको भन्दै प्रजातान्त्रिक शक्ति बलियो बनाउन एकजुट हुनुपर्ने धारणा तीनवटै राप्रपाका नेताले बताउँदै आएका थिए ।

पछिल्लो समय राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, राप्रपा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र राप्रपाकै उपाध्यक्ष बुद्धिमान तामाङ तीन चिरामा विभक्त पार्टी जुटाउने पहलकदमीमा लागेका हुन् । राप्रपा स्थापना भएको १५ जेठमा पार्टीलाई एकढिक्का बनाउने गरी नेताहरूले प्रयास थालेका हुन् ।

राप्रपा फुट्दा राष्ट्रवादीधार कमजोर भएको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि एकतावद्ध पार्न प्रयास गरिरहेको स्रोतले जनाएको छ । केही महिना अघि झापामा तीनवटै राप्रपाका नेताहरुलाई भेटेर एक हुन पूर्व राजाले आग्रह गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्रले राप्रपाका उपाध्यक्ष वुद्धिमान तामाङलाई अध्यक्ष बनाएर राप्रपा एक बनाउने पहल गरेका हुन् । तर, राप्रपा अध्यक्ष कमल थापाले वुद्धिमानलाई अध्यक्ष स्विकार नगरेपछि त्यो प्रयासले सार्थकता पाउन सकिरहेको छैन ।

स्रोतका अनुसार लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउने, नभए चार नेता सम्मिलित अध्यक्षमण्डल बनाएर अघि बढ्ने विकल्पमा नेताहरूबीच छलफल चलिरहेको छ । मुलुकको प्रधानमन्त्री बनिसकेको र उनी नेतृत्वको मन्त्रिपरिषद्मा राप्रपा अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा मन्त्री रहेकाले चन्दलाई अध्यक्ष मान्न अन्य नेताहरूलाई अप्ठ्यारो नपर्ने भन्दै अध्यक्ष बन्न प्रस्ताव गरिरहेका छन् ।

त्यो विकल्प सम्भव नभएमा चन्द, राणा, थापा र डा. लोहनी रहेको अध्यक्षमण्डल बनाएर अघि बढ्ने र १५ जेठमा पार्टी एकीकरण गर्ने गरी छलफल चलिरहेको छ । तर, दुवै विकल्पमा डा. लोहनी र थापाले नमानेकाले औपचारिक वार्ता गर्न केही ढिलाइ भइरहेको नेताहरू बताउँछन् ।

राप्रपाको तीन धार मिल्दै प्रजातान्त्रिक शक्ति बलियो नबन्ने राणाको भनाइ छ । अहिलेको वाम गठबन्धनलाई टक्कर दिने प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपाको तीन धारसँगै कांग्रेस र मधेसकेन्द्रित दल पनि मिल्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...