कलात्मक शैलीमा बुद्ध विहार पुनर्निर्माण गरिने

Budda 11

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भृकुटीमण्डपस्थित बुद्ध विहारको पुनर्निर्माण गरिने भएको छ । हाल धम्म हलको रुपमा प्रयोग गर्दै आएको भवन पुनःनिर्माण गर्न लागिएको बुद्ध विहार पुनर्निर्माण समितिले जनाएको छ ।

बुद्धको ज्ञान र ध्यान अभ्यास गराउने थलोका रुपमा रहेको सो विहार २०३४ सालमा स्वर्गीय भिक्षु सुमंगल महास्थविरले अग्रसरतामा निर्माण भएको थियो ।

बैशाख १२ गतेको भूकम्पबाट आशिक क्षति भएको, हाल सो भवन आगेटिएको क्षेत्र साँगुरो भएका कारण पुनर्निर्माण गर्न लागिएको विहार पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले बताए ।

विहारको भवन पुनर्निर्माण गर्न करिब ४ करोड लाग्ने अनुमान गरिएको छ । विभिन्न श्रद्धालुदाता, बुद्धधर्मका अनुयायी र सरकारी सहयोग गरी सो लागत रकम जुटाउने समितिको योजना रहेको छ ।

पुनर्निर्माणका लागि स्वीकृत नक्सा अनुसार ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा बन्ने भवन नेपाली मौलिकसहित र कलात्मक हुने छ । पुनर्निर्माण गरिन लागिएको सो भवनको सोमबार शिलान्यास गरिएको छ ।

नेपालका संघ उपनायक (दोस्रो ज्येष्ठ) भिक्षु ज्ञाणपूर्णिक महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर, काठमाडौं क्षेत्र ८ का प्रदेश सांसद राजेश शाक्य, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, दाता द्रव्यमानसिंह तुलाधार (भाईराजा साहु) ले संयुक्त रुपमा शिलान्यास गरे ।

समितिका अध्यक्ष भिक्षु कौण्डन्यको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश सांसद शाक्य, पूर्वराज्यमन्त्री कञ्चन वादे, समितिका उपाध्यक्ष मोतिलाल शिल्पकार, समितिका सचिव सञ्जिव शिल्पकार लगायतले महानगरपालिकाले विहार निर्माण जरुरी भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...