‘समानुपातिक टिकटलाई दाईजो र पेवा बनाउँदा कांग्रेस कमजोर’

कांग्रेस बैठक : भित्र चर्काचर्की, बाहिर धर्ना

Kangress 1

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सभापतिले समानुपातिक टिकट पेवा जस्तै गरी बितरण गर्दा कांग्रेस कमजोर भएको बताएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले राम्रालाई भन्दा हाम्रालाई टिकट दिएको आरोप लगाए । 

चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । नेता भण्डारीले समानुपातिक टिकटको कुरा उठाएर पार्टी कमजोर भएको बताइरहँदा सुजाता परियारले भने समानुपातिकतर्फको नतिजा पेस गर्दै पार्टी कमजोर नभएको तर्क गरिन् ।

यस्तै, मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने तर्क गरे । तर, कमला पन्तले नेतृत्वको आलोचना गरिन् । उनले राम्रालाई भन्दा हाम्रालाई छानेर मैदानमा पठाउँदा कमजोर नतिजा आएको धारणा राखिन् ।

त्यसपछि अजयकुमार चौरसियाले नेतृत्वको आलोचना गर्दा समानुपातिक टिकट बितरणमा बेथिति देखिएकोले पार्टीले राम्रो नतिजा दिन नसकेको बताए ।

यसैबीच, नेविसंघका असन्तुष्ट पक्षले अध्यक्षको कार्यशैली हुकुमी भएको भन्दै केन्द्रीय कार्यालय सानेपामै धर्ना दिएका छन् ।

नेविसंघका ५ जना उपाध्यक्षहरुले सोमबार देउवालाई मागपत्र बुझाउँदै २४ घण्टाभित्र मिति नतोकिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले नेविसंघको १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोक्न माग गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...