राप्रपा सरकारबारे आलोचना गर्ने पक्षमा छैन : राणा

Pashupati samser rana

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले अहिले नै सरकारबारेमा राप्रपा आलोचना गर्ने पक्षमा नरहेको बताएका छन् ।

नयाँ वर्ष २०७५ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, सरकार निर्माणका बेला देखापरेको जनउत्साहले निरन्तरता पाउने संकेत समेत  नदेखिएको धारणा व्यक्त गरेका छन् ।

मुलुकको अनुहार फेर्ने काममा एकलब्य भएर समर्पित हुन प्रधानमन्त्रीलाई आग्रह गर्दै अध्यक्ष राणाले त्यसो भएको खण्डमा सरकारलाई सबै दलको सहयोग र समर्थन रहिरहने विश्वास व्यक्त गरे ।

वामपन्थी गठबन्धनबाट सिर्जना भएको चुनौतीको सामना गर्न लोकतान्त्रिक शक्ति सक्षम हुने बताउँदै उनले राप्रपाका सबै धारलाई एउटा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको अभियानमा सहभागी हुन आग्रह गरे ।

अध्यक्ष राणाले भने, ‘दलको अवस्था र मुलुकको स्थितिलाई मध्यनजर गर्दै मजबुत पार्टी संगठनको दायरालाई व्यापक र फराकिलो बनाउन अनिवार्य भएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...