नेविसंघकको महाधिवेशन मिति तोक्न देउवालाई २४ घण्टे अल्टिमेटम

Nebisangha

काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले नेविसंघको महाधिबेशन तत्काल तोक्न माउ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

सोमबार सभापति देउवालाई पाँच जना उपाध्यक्षद्धारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउँदै नेविसंघका नेताहरुले तत्काल महाधिबेशनको मिति तोक्न दबाब दिएका हुन् । ज्ञापन पत्रमा गत कार्तिक २८ गते प्रेस विज्ञप्ती मार्फत र पुष ९ गते सभापति देउवा समक्ष बुझाइएका मागहरु तत्काल सम्बोधन गर्न पनि माग गरिएको छ ।

उपाध्यक्षहरु प्रकाश राना, खडकबहादुर डाँगी, उर्मिला थपलिया, नविन राई र सागर परियारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ले सोमबार देउवालाई मागपत्र बुझाउँदै २४ घण्टाभित्र मिति नतोकिए आन्दोलन गर्ने चेतावनी समेत दिए ।

उनीहरुले नेविसंघका अध्यक्ष नैनसिँह महरले विधि, विधान र सहमति विपरित गरेका सम्पूर्ण असंवैधानिक निर्णयहरु तत्काल खारेज गर्नु पर्ने पनि माग गरेका छन् । अध्यक्ष महरले गरेका असंवैधानिक निर्णयहरु खारेज गरेर सहमतिका आधारमा सबै जिल्ला, विश्वविद्यालय र क्याम्पसहरुमा प्रतिनिधि खटाएर विधिवत अधिवेशन गरिनु पर्ने पनि उनीहरुको माग छ ।

 

सभापति देउवालाई ज्ञापन पत्र बुझाउने पाँचै जना उपाध्यक्षहरुले २४ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने र त्यसको जिम्मेवारी पार्टी सभापतिले लिनु पर्ने चेतावनी समेत दिएका छन् ।
यता, आजै नेविसंघको अर्को पक्षले पनि महाधिवेशनको माग गर्दै छुट्टै ज्ञापन पत्र बुझाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...