युएन पार्कको सुकुम्बासी बस्ती बन्यो क्रिश्चियन धर्म प्रचारकको अखडा

Thapathali 1

काठमाडौं । नेपालको कानुन अनुसार नेपाल धर्मनिरपेक्ष भइसकेको छ । तर, यसैको आँडमा त्रिश्चियनहरुले नेपालमा धर्म बिस्तार गरिरहेका छन् ।

खासगरी उनीहरु गरिव बस्तीमा पुगेर क्रिश्चियन धर्मको प्रचार गर्ने गर्छन् । राजधानीका केही बस्ती यस्ता छन्, जहाँ अहिले क्रिश्चियन बाहुल्यता बढ्दै गएको छ । यसका प्रचारकहरु ती बस्तीहरुमा छ्यापछ्याप्ती छन्, जहाँ अलिक गरिवी छ ।

राजधानीको शंखमुलस्थित युएन पार्क विकास समितिमा कब्जा गरेर राखिएको सुकुम्बासी बस्ती अहिले क्रिश्चियन धर्म प्रचारकको अखडा बनेको छ । यहाँ दैनिक रुपमा क्रिश्चियनका धर्म प्रचारकहरुको ओइरो लाग्ने गरेको छ ।

यहाँको खाली जग्गामा सुकुम्बासीका झण्डै २ सय ६५ घर थिए । तर, २०६८ बैशाख २८ मा तत्कालीन गृहमन्त्री विजय गच्छदारको निर्देशनमा डोजर लगाइएको थियो । अहिले सो बस्तीमा झण्डै १ सय ६० घर परिवार बस्दै आएका छन् ।

बस्तीमा पुग्नुअघिसम्म धर्म प्रचारकहरु मुख छोपेर पुग्ने गरेका छन् । यहाँको सुकुक्बासी बस्तीमा देखिएका महिलाहरु प्रभु अर्थात क्रिश्चियन धर्मका प्रचारक हुन् । उनीहरु यो बस्तीमा रहस्यमय शैलीमा पुग्ने गरेका छन् ।

एपीवान टेलिभिजनले सुकुम्बासी बस्तीमा क्रिश्चियनहरुले कसरी धर्म प्रचार गरिरहेका छन् भन्ने रिपोर्ट तयार पारेपछि अहिले सुकुम्बासी बस्ती सुनसान बनेको छ । यसबारे अहिले कोही बोल्न चाहदैनन् । नयाँ शक्तिका नेतासमेत रहेका दलमर्दन कामी भन्छन्, ‘यस्तै हो गरिवको बस्तीमा सबैले खेल्ने हुन् ।’

यहाँ अस्थायी नै भए पनि चर्च बनाइएको छ । सरकारले नै यो बस्तीलाई अबैध मानेको छ । तर, यो बस्तीवालाहरुलाई प्रभुका दूत अर्थात क्रिश्चियन धर्मका प्रचारकले प्रभावमा पारेर धर्मान्तरण गराउन सफल भएका छन् ।

यहाँको बस्तीमा सरकारले विजुली बाल्न दिएको छैन, खानेपानीको व्यवस्था गरिदिएको छैन । बाग्मति नदीबाट डुङडुङ गनाउने गन्दसँगै यो बस्तीमा दिनदिनै धर्म प्रचारकहरुले अखडा बनाइरहँदा कसैले मुख खोल्न सकेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...