जंगलको छाप्रोमा बस्ने बलबहादुरको कहिले बन्ला नयाँ घर ?

Bal bdr bk

काठमाडौं । वरीपरी धना जंगल । त्यही जंगलको छेउमा बलबहादुर बिश्वकर्माले ४ वटा खम्बा गाडेर टिनको पाताले छाना बनाएका छन् । राती सुत्दा आँखाले समेत अध्यारो भेटाउँदैन ।

खुल्ला आकास, त्यसै पनि जंगलको बास । बलबहादुरका बाध्यता अहिलेसम्म कसले देख्यो र ? उनका लागि न राज्य थियो ? न उनले राज्य भएको महसुस नै गरे ।

यसरी खुल्ला आकासलाई हेरेर समय बिताएको झण्डै ८ वर्ष बितिसक्यो । यो अवधीमा उनी कहिले पनि खुसी बन्न सकेनन् । तर अब बल्ल उनको मुहारमा खुसी छाउन थालेको छ । नयाँ घर बन्ने भन्ने थाहा पाएपछि भने उनको मुहारमा खुसी छाउन थालेको छ ।

तानसेन नगरपालिका वडा नं. ६ कुनसरे लामिडाडामा ५ जनाको परिवारसहित जंगलमा बस्दै आएका बलबहादुरको घर बनाउन दलित समुदाय अग्रसर बनेपछि उनले नयाँ घर पाउने भएका हुन् ।

बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउन्ड द वल्र्ड फाउन्डेसन, राष्ट्रिय द लिड सशक्त युवा समूह र रसाइली परिवार एकताको पहलपछि बलबहादुर नयाँ घर बन्न लागेको हो । जंगलको खुल्ला ठाउँमा परिवारसहित बस्दै आएका बलबहादुरको घर बनाउन अभियान पनि सुरु भएको छ ।

जंगलमा रहेका उनको घर बनाउन झण्डै ५ लाख रुपैया लाग्ने भएको छ । झण्डै ८ वर्षदेखि जंगलको बीचमा ४ वटा खम्बा गाडेर छाप्रो बनाएर बस्दै आएका बलबहादुरको नयाँ घर भान्सा कोठा र दुई सुत्ने कोठासहित तीन कोठाको घर हुनेछ ।

बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउन्ड द वल्र्ड फाउन्डेसनका अध्यक्ष कृष्ण गहतराजले एक जना दलित परिवार घर बनाउन नसकेर जंगलमा बसेको सुनेपछि सबैको पहलमा नयाँ घर बनाइदिने र सो परिवारलाई आर्थिक उपार्जनको काममा समेत लगाउन पहल थालिएको बताउँछन् ।

जंगलमा बस्ने दलित परिवार राज्यको आँखा भन्दा टाढा रहेको थाहा पाएपछि उनीहरुको परिवारको उद्धार गर्दै सुरक्षित आवासको व्यवस्था गर्न लागिएको राष्ट्रिय द लिड शसक्त युवा समूह नेपाल संयोजक तिलकराज पौडेलले बताए ।

बलबहादुर विश्वकर्माले आफ्नो परिवारलाई जंगलबाट सालको पात टिपेर बेचेको भरमै पाल्दै आएका छन् । आर्थिक अवस्था एकदम कमजोर रहेका बलबहादुरको परिवारलाई सहयोग गर्न बलबहादुर बिश्वकर्माको घर निर्माण अभियानले अपिलसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...