गर्भपतन गराएको आरोपमा गाउँकार्यपालिका सदस्य पक्राउ

Arrest

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँ कार्यपालिकाका सदस्य रुद्रबहादुर सुनारलाई एक महिलाको जवर्जस्ती गर्भपतन गराएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाउँपालिका–३, पोखराकी ति महिलाले कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी छिन् ।

उनको उजुरीका आधारमा कार्यपालिका सदस्य सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनार विवाहित हुन् । उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । यता महिला भने माइतीघरमा बस्दै आएको बताइएको छ ।

सहमतिमा अवैध यौन सम्पर्क भए पनि गर्भपतनपछि अत्यधिक रक्तस्राव भएपछि महिलाले प्रहरीसमक्ष उजुरी दिएको बताइएको छ । स्वास्थ्यमा असुरक्षा हुने भएपछि उनी प्रहरीसमक्ष पुगेकी हुन् । निजी स्वास्थ्य संस्थाबाट औषधि किनेको महिलाले प्रहरीसमक्ष बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...