‘सिण्डिकेट’ अन्त्य गर्ने निर्णयमा पुनर्विचार हुँदैन : गृहमन्त्री थापा

Ram tthapa

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पारेका छन् । 

आज गृहमन्त्रालयमा नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उनले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

उनले भने, ‘हामी केही यातायात व्यवसायीको मात्रै हित हुने सिण्डिकेटको पक्षमा छैनौँ, सबै यातायात व्यवसायीको हित हुने गरी निर्णय गरेका छौँ ।’

गत वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले हाल जिल्ला प्रशासन कार्यालयमार्फत यातायात व्यवसायी समितिलाई संस्थाका रुपमा दर्ता गरिँदै आएकामा अब दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । अब यातायात समितिले कम्पनीका रुपमा दर्ता हुनुपर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...