‘जनयुद्ध’ले धरापमा पारेको एमाले-माओवादी एकता

Uml maobadi new

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रस्तावित पार्टी एकता ‘जनयुद्ध’ शब्दमा अड्किएको छ । 

एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न एमाले तयार नभएपछि पार्टी एकता नै धरापमा पर्ने देखिएको छ ।

माओवादीले विधानमा जनयुद्ध राख्न र केन्द्रीय समितिमा पचास प्रतिशत हिस्सेदारीलाई आफ्नो बटमलाईम बनाएको देखिन्छ भने एमालेले त्यसलाई स्विकार गर्नै नसक्ने बताउँदै आएको छ । 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले ‘शीरमा जनयुद्ध र शरीरमा फिप्टी फिप्टी हुँदैन’ भन्दै आएका छन् । तर, माओवादी पक्षले जनयुद्ध शब्द विना पार्टी एकता गर्नु र केन्द्रीय समितिमा बराबरी हिस्सेदारी नहुनु आत्मसमपर्मण गरे सरह हुने बताएको छ ।

सोही कारण पार्टी संगठनमा ५०–५० को हिस्सेदारी र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने–नराख्ने विषयमा एमाले–माओवादीबीच तीव्र विवाद छ ।

शुक्रबारको बैठकमा ‘जनयुद्ध’लाई एकीकृत पार्टीको विधानमा राख्न र केन्द्रीय नेतृत्वमा समान हिस्सेदारी सिद्धान्त अनुमोदन गर्न दाहालको आग्रहलाई ओलीले ठाडै अस्वीकार गरेको स्रोतको दाबी छ ।

ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘१० वर्षे जनयुद्ध र त्यसले पुर्‍याएको मानवीय एवं भौतिक संरचनाको क्षतिका आधारमा आज पनि अन्तर्राष्ट्रिय जगत्ले माओवादीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । यस्तो अवस्थामा एकीकृत पार्टीको विधानमै जनयुद्ध शब्द राख्न सकिँदैन ।’

ओलीले निर्वाचनका बेला उम्मेदवारी दिँदा भएको ७०–३० को रेसियोमा पार्टी संगठनमा जिम्मेवारी बाँडफाँडमा जोड दिएका थिए । संगठन सहभागितामा केही लचिलो हुँदै ओलीले पूर्ववत् सहमतिमा एक(दुई प्रतिशत तलमाथि गर्न सकिने बताएका थिए । ‘कुनै हालतमा ५०–५० हुन सक्दैन । यसले पार्टीलार्ई एकता होइन, अनेकतामा पुर्‍याउन सक्छ’, ओलीको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो ।

माओवादी सचिवालय सदस्य मणि थापाले ‘जनयुद्ध’ शब्द विधानमै राखेर पार्टी एकता नगर्न शक्तिकेन्द्रबाट दबाब आएको हुन सक्ने बताए । थापाले भने, ‘दाहालले पार्टीको केन्द्रीय निकायमा समान हिस्सेदारीको अवधारणा ल्याउँदा भविष्यमा पार्टी कब्जा हुन्छ कि भन्ने ओलीको चिन्ता हुन सक्छ ।’

एमाले(माओवादीबीचको एकताको विरोधमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत् रहेको दाबी गर्दै थापाले नामै लिएर भने, ‘भारत दुई पार्टीको एकता चाहँदैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...