वैशाख १० देखि १२ गतेसम्म बौद्धमा विश्व शान्ति पूजा गरिने

Bauda

काठमाडौँ । मुलुकमा १३२ फिट अग्लो बौद्ध स्तुपा निमाणार्थ यही वैशाख १० देखि १२ गतेसम्म बौद्धमा विश्व शान्ति पूजा गरिने भएको छ ।

मागी गुम्बा समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा धर्मगुरु कर्मा गुम्चेन लामाले रौतहटको चन्द्रनिगाहपुरमा नेपालकै अग्लो बौद्ध स्तुपा निर्माण गर्न लागिएको र त्यसका लागि आर्थिक सहयोग जुटाउन पूजा गर्न गरिने जानकारी दिए ।

बुद्ध जन्मभूमि नेपालमा हत्या, हिंसाका घटना हुनु दुःखद् भएको बताउँदै उनले भने ‘आजका दिनमा हाम्रो मुलुकमा धेरै प्रकारका हिंसाका घटना घटिरहेका छन्, केही देशमा नरसंहार मच्चिएको छ, ती देशमा शान्तिको लागि हामीले २५६२ औँ बुद्ध जयन्तीका अवसरमा उक्त पूजामा विश्व शान्तिको कामना गर्दैछौँ ।’

आदिवासी जनजाति अभियन्ता कृष्णकुमार घलानले व्यक्तिवादी सोचको अन्त्य गरी सामाजिक विकासका लागि बुद्धधर्मले सन्देश दिएको बताउँदै आयोजक संस्थाले जुन काम गर्दैछ, यो सत्कर्मको लागि होस्, आर्थिक पारदर्शीता होस्, बुद्धको नाममा कसैले पनि बेइमानी नगरोस्, सबै मानिसले एक अर्काप्रति सम्मान र मित्रवत् व्यवहार गर्नुपर्छ, भने ।

स्थानीय समाजसेवी गजलाल बाँस्कोटाले चन्द्रनिगाहपुरमा निर्माण गर्न लागिएको विशाल स्तुपाको सहयोगार्थ आयोजना गरिएको विश्व शान्ति पूजामा उपस्थित हुन आग्रह गरे ।

मानव जीवनलाई करुणा, प्रेमको माध्यमबाट सम्पूर्ण प्राणी र चराचर जगत्को रक्षा गर्ने कार्यमा लगाउन सकिन्छ भन्ने बुद्धको पवित्र ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...