एमालेसँगको पार्टी एकताबाट पछि हट्न सकिदैँन : अध्यक्ष दाहाल

Pmprachandadahal

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने बताए ।

उनले सो बिषयमा शुक्रबार आज नै पुनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने बताका हुन । शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा उनले जनताले दिएको म्यान्डेडबाट पछाडी हटे स्थिति प्रतिकुल हुने धारणा राखेको बुझिएको छ ।

एमाले र आफ्नै पार्टीका केही नेताहरुका कारण सांगठनिक ढाँचा समानजस्यताका साथ बाँडफाँडका बिषयमा कुरा नमिलेका कारण एकता लम्बिएको उनको भनाइ छ ।
एमाले नेताहरुको प्रवृत्तिले गर्दापनि अलि समस्या आएको उनले खुलाएको स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...