ओली र दाहाल बिचको अन्तिम वार्ता, पार्टी एकताको मिति तय र विवादित बिषयमा छलफल हुने

Oli   dahal

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच पार्टी एकताको मिति तय र अन्य विवादित बिषयमा छलफल हुने भएको छ ।

बिहिबारको छलफलमा दुई दलबीच आवश्यक सहमतिको खाकाका बिषयमा समेत छलफल हुने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंग पार्टी एकिकरणको घोषणा ९ गते हुन नसके पनि बैशाख भित्रै एउटै पार्टी बनाएर छाड्ने बताए ।

बुधबार उनले केही महत्वपूर्ण विषयमा छलफल बाँकी नै रहेका कारण ९ गते नै पार्टी एकिकरण गर्न सम्भव नभएको बताए । उनले एमाले माओवादी पार्टी एकता टरेको नभइ मिति सरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...