अपराधिका क्रियाकलापमा संलग्न रहेको आरोपमा माओवादी नेता न्यौपाने पक्राउ

मनोज पुनको अपराधमा नेतादेखि व्यापारीसम्म संलग्न

Manoj pun partner

बुटवल । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने मनोज पुनको आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । माओवादीका केन्द्रीय सदस्य समेत रहेका न्यौपाने अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हुनुका साथै चर्चित नेता हुन् ।

प्रहरी इन्काउन्टरमा मारिएका पुनलाई साथ दिएको आरोपमा रुपन्देही देवदहका न्यौपानेसहित बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरका उत्तम आचार्य, देवदह नगरपालिका वडा नं. ५ बस्ने तुल्सी न्यौपाने, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ घर भई बुटवल बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका वडा नं. ६ बस्ने रोशन खड्का पक्राउ परेका छन् ।

प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको अपराधमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तुल्सी न्यौपाने माओवादी केन्द्रका कार्यकर्ता हुन् । त्यसैगरी आचार्य एमालेनिकटको युथफोर्सको पूर्वनेता हुन् । श्रेष्ठ मदिरा व्यवसायी हुन् । श्रेष्ठले दुईजनाको हत्या गर्नका लागि रकम पुनलाई उपलब्ध गराएको प्रहरीले जनाएको छ । खड्का जग्गा व्यापारी हुन् ।

रुपन्देहीका तत्कालीन युवा संघका अध्यक्ष दुर्गा तिवारी, व्यापारी बलु पौडेललगायतको हत्याका मुख्य अभियुक्त मनोज पुनलाई सीधै सम्पर्क गरेर सूचना पुर्‍याएको प्रमाण फेला पारेपछि नेता तथा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । पुन झन्डै एक महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

प्रहरीले माओवादी नेता नेखनाथ न्यौपानेको रसियन महिलाहरूलाई नेपालको बाटो हुँदै भारत पुर्‍याउने भूमिकामा समेत संलग्नता रहेको आशंका गरेको छ । मनोज पुन भारतमा रहँदा त्यहाँका आपराधिक समूहका नाइके योगेन्द्र सिंहसँग सम्पर्कमा रहेको प्रहरीको भनाइ छ । सिंहसँग न्यौपानेको सीधा सम्पर्क रहेको प्रहरीको आशंका छ । भारतमा रहँदा पुन पनि रसियन युवतीसँग समेत बस्ने गरेको र सिंहसँग रसियन महिला पुग्ने गरेको आशंका प्रहरीको छ ।

सिंहसँग पुग्ने रसियन महिलाहरू नेपालको बाटो जान न्यौपानेले सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ । एसपी ज्ञवालीले यस्ता अपराधमा केही भारतीय नागरिकको समेत संलग्नता रहेको हुन सक्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...