पार्टी एकता संयोजन समितिको बैठकमा कुरा मिलेन, बैशाख ९ गते एकता नहुने

Uml mao

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकताका बिषयमा कुरा नमिलेपछि बैशाख ९ गते पार्टी एकता घोषणा नहुने भएको छ

अाज बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै दलका नेताहरु बिच विवादित बिषयमा छलफल भएपनि कुरा नमिलेको बताइएको छ  । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति नजुटेको बताइएको छ ।  विवादित विषयमा सहमति नभएपछि बैशाख नौ गते हुने भनिएको पार्टी एकता घोषणा टरेको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार  बैठकले प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुई अध्यक्षलाई दिएको छ। प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई नै दिएको छ । दुई अध्यक्षले अन्तिम् रुप दिएपछि प्रतिवेशन समितिमा फिर्ता हुनेछ ।

एमाले माहासचिव एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले पनि घुमाउरो रूपमा ९ गते एकता नहुने बताएका छन्। संयोजन समितिको प्रतिवेदनलाई फाइनल टचका लागि दुई अध्यक्षको जिम्मा दिएका छौ। उहाँहरूले आजैदेखि छलफल गर्नुहुन्छ,’ उनले भने,‘विद्यालय भर्ना अभियान चलिरहेको भएकाले नेताहरू जिल्ला जिल्ला जानुपर्ने भएकाले पनि ९ गतेलाई तयारी नपुग्न सक्छ।’

लामो समयदेखिको अन्यौल र सम्वादहिनतालाई चिर्दै सोमबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता भएपछि आजको बैठक बोलाईएको थियो ।

दुई अध्यक्षबीच लामो वार्ता भएपनि मिल्न नसकेका विषयहरुबारे ठोस निष्कर्ष निस्कन नसकेको बताइएको थियो । मिल्न नसकेका विषय एकता संयोजन समितिमै लगेर टुंगाउने सहमति अनुरुप अहिले बैठक बसेको थियो ।

केही समयदेखिको संवादहीनताको बीचमा बैठक हुन लागेकाले चासोका साथ हेरिएको छ । बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको थिए ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

प्रतिकृया दिनुहोस