पार्टी एकताको गाँठो फुकाउन बैठक आज !

Uml mao

काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । पछिल्ला दिनहरुमा बढ्दै गएको पार्टी एकता बारेको अन्यौल हटाउन बैठकले पहल गर्ने जनाइएको छ ।

एमाले–माओवादीबीच वैशाख ९ गते पार्टी एकता गर्ने भनिएपनि जनयुद्ध शब्द, संगठनमा एकता अनुपात र चुनाव चिन्हबारे कुरा मिल्न बाँकी छ ।

लामो समयदेखिको अन्यौल र सम्वादहिनतालाई चिर्दै सोमबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता भएपछि आजको बैठक बोलाईएको हो ।

दुई अध्यक्षबीच लामो वार्ता भएपनि मिल्न नसकेका विषयहरुबारे ठोस निष्कर्ष निस्कन नसकेको बताइएको थियो । मिल्न नसकेका विषय एकता संयोजन समितिमै लगेर टुंगाउने सहमति अनुरुप अहिले बैठक बस्न लागेको हो ।

केही समयदेखिको संवादहीनताको बीचमा बैठक हुन लागेकाले चासोका साथ हेरिएको छ । बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको छ ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

प्रतिकृया दिनुहोस