वैशाख ९ मै पार्टी एकता गर्न अधिकतम पहल गर्ने एमाले निर्णय

Uml meeting

काठमाडौँ । नेकपा एमालेले घोषित मिति वैशाख ९ गते नै माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरि समझदारीको प्रयास गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको स्थायी समितिको बैठकले एकतालाई पछि धकेल्ने अवस्था आउन दिन नहुने धारणा बनाएको छ । एकता प्रक्रियामा संशय उत्पन हुन थालेपछि त्यसको समीक्षा गर्न बसेको स्थायी समितिको बैठकले एकतालाई पछि धकेल्ने अवस्था आउन दिन नहुने धारणा बनाएको छ ।

त्यसका लागि मंगलबार हुने बाम एकता संयोजन समितिको बैठकमा एकता टुंग्याईहाल्ने कोणबाट छलफल गर्नुपर्ने सुझाव नेताहरुले दिएका छन्।

पछिल्लो समय एमाले माओवादी एकतामा विभिन्न शंसय उत्पन्न भएका छन् । बैठक सोही विषयमा केन्द्रित भएको र विश्वासको वातावरण बनाउन पहल गर्ने निष्कर्ष निकालिएको एमाले स्रोतले जनाएको छ ।

एमाले र माओवादी पार्टीको केन्द्रीय समितिमा कुन दलको कति हिस्सा रहने भन्ने मुख्य विवाद छ। त्यसबाहेक चुनाव चिन्ह र जनयुद्ध शब्द राख्ने नराख्ने भन्नेमा पनि केही विवाद छ। तर मुख्य विवाद संख्यामा छ। त्यसका लागि माओवादीले ५०/५० प्रतिशत राख्नुपर्ने माग गरेको छ।

एमालेले विगतमा ६० र ४० प्रतिशत सम्मको मात्र भागवन्डा भएकाले पार्टीको पोजिसन अनुसार नै एकता हुनुपर्नेमा जोड दिएको छ। केन्द्रीय समिति बराबरी बनाउनेमा एमाले लचक छैन। माओवादीले भने फरक धारका कम्युनिष्टबीचको एकता भएकाले समान हैसियतमा हुनुपर्ने दवाव दिएको छ।

 

प्रतिकृया दिनुहोस