टोखा प्रकरण : यौनकर्मीको ब्ल्याकमेलिङ बन्यो हत्याको कारक

Yaunkarmi yubati

काठमाडौं । चैत २२ मा राति गेष्ट हाउसको २०३ नम्बरको कोठामा युवा युवती बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा युवती मृत अवस्था भेटिएकी थिइन् ।

टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा एक युवतीको हत्या भएपछि चौतर्फी चासो बढेको थियो । प्रहरीले लामो समयको अनुसन्धानपछि ती युवतीलाई हत्या गर्ने युवकलाई पक्राउ गरेर अनुसन्धान गर्दा मात्रै ती युवती यौनकर्मी रहेको रहस्य खुल्यो ।

ती युवतीलाई हत्या गर्ने युवक सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मा थिए । उनी सो रात यौन सम्पर्क गर्नुको सट्टा युवती ब्ल्याकमेलमा उत्रिएपछि हत्याको बाटो रोज्न बाध्य भएका थिए ।

कसरी भयो हत्या ?
चैत २२ गते शर्माले ती युवतीलाई भेटे । बसर्पाकमै भेट भएपछि उनीहरुबीच मोलमोलाई चल्यो । ती यौनकर्मी युवती १ हजार रुपैयाँमा रात बिताउन तयार भइन् ।

आपसी सहमतिपछि लामो चिनजान भएजस्तै गरी उनीहरु भुमेश्वरी गेष्ट हाउस पुगे । कोठा बुक गरे । उनीहरुले बुक गरेको कोठा थियो २०३ नम्बरको कोठा । लामो समयको चिनजानझै गरेर सँगै बसेर रक्सी पिए ।

रक्सीको नसामा डुब्न थालेपछि ती यौनकर्मीले सहमति तोड्ने प्रयास गरिन् । त्यति मात्रै होइन, उनले युवकसँग ब्ल्याकमेल सुरु गरिन् । रक्सीको नसामा दुबै जना निश्वत्र थिए ।

युवकले यौन सम्पर्कका लागि आग्रह गरे । किनकी यौन प्यास मेटाउनकै लागि ती युवतीलाई २ हजार रुपैयाँ तिरेका थिए । तर, पूर्व सहमति तोडेर ब्ल्याकमेल गर्न थालेको शर्माले बयान दिएका छन् ।

युवतीको हत्या गरेपछि फरार भएका शर्मालाई कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्था पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बयानका क्रममा शर्माले आफुलाई ब्ल्याकमेलिङ गर्न थालेपछि हत्या गरेको बताएका छन् ।

शर्माले दिएको बयानमा राति रक्सी खाएर लठ्ठ भएर निवस्त्र भए पनि सहमतिअनुसार सम्पर्क गर्न नदिएको बरु उल्टै केटाहरु बोलाएर खत्तम पार्छु भन्दै धम्काएको उल्लेख छ । प्रहरीसँग बयान दिने क्रममा उनले युवतीले सहमति अनुसार सम्पर्क गर्न नदिइ गाली गलौज गरेपछि हत्या गर्नुपरेको बताएका छन् ।

प्रहरीले शर्मासँग थप अनुसन्धान गरिररहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस