बालुवाटारमा ओली–प्रचण्ड एक्लाएक्लै भेट जारी 

Kp prachanda oli dahal bam

काठमाडौँ । अर्को साता पार्टी एकता घोषणा गर्ने बताएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बालुवाटारमा एक्लाएक्लै भेटवार्ता जारी छ।

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड साढे १० बजे बालवाटार पुगेका छन्। आराम गर्न भन्दै आइतबार सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुगेका प्रचण्ड सोमबार बिहान फर्किएका थिए। उनी निजी निवास खुमलटार पुगेर बालुवाटार गएका हुन्।

दुई अध्यक्षबीचको छलफलपछि पार्टी एकता संयोजन समितिको बैठकको टुंगो लाग्नेछ। एमाले र माओवादीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते पार्टी एकता गर्ने बताएका छन्।

नयाँ पार्टीमा हुने प्रतिनिधित्व, चुनाव चिन्ह र विधानमा जनयुद्ध राख्ने विषयमा भने दुई पार्टीले फरक धारणा राख्दै आएका छन्। दुई नेताबीचको आजको वार्तामा यिनै विषयमा छलफल हुने बताइएको छ। साता दिनअघि नै अोली-प्रचण्ड भेट हुने बताइए पनि  वार्ता हुन सकेको थिएन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...