आयार्च श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग

Acharya

विराटनगर । पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्ने भारतीय सुटर भएको खुलेको छ । गत चैत २४ गते विराटनगरस्थित जतुवामा पुराण लगाउन आएका श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारमा भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

यस विषयमा भारतमा गएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेकोे छ । टोलीले कलडिटेलको विश्लेषण गरि शंकास्पद व्यक्तिको खोजी भइरहेको र भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेको मोरङका एसपी अरुण विसीले बताए ।

सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए ।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भयो । कोखमा गोली लागेका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

आचार्य श्रीनिवासमाथि गोली प्रहार गरेको घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

घटना घटेकै दिन दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले लगत्तै थप तीन जनालाई पक्राउ गरेको थियो ।

नेपाल हिन्दु सापेक्ष राष्ट्र र गौ संरक्षण हुनपर्ने माग गर्दै आएका पण्डित आचार्यमाथि मंगोल नेशनल अर्गनाईजेशनले तार्गेट गर्दै आएको बताइएको छ । घटनास्थलमा समेत सोही समुहको पर्चा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस