एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज

Oli prachanda 1

काठमाडौं । एमाले–माओवादी शिर्ष नेताहरुले लामो समयको सम्वादहिनता तोड्दै आज पार्टी एकताबारे छलफल गर्दैछन् ।

आइतबार हुने भनिएको एमाले–माओवादी एकता संयोजन समितिको बैठक माओवादी अध्यक्ष प्रचण्ड आरामको लागि भन्दै सुकुटे पुगेपछि स्थगित भएको थियो । त्यहींबाट प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीसँग प्रचण्डले टेलिफोनमा कुराकानी गरेपछि शिर्ष नेताहरुको आज बैठक बस्न लागेको हो ।

बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको बताइएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै बस्ने भनिएको एमाले माओवादी एकता संयोजन समितिको बैठक लामो समयसम्म बस्न सकेको छैन ।

लामो समयको अलमलपछि एमाले र माओवादीबीच पार्टी एकतामा केन्द्रित भएर बैठक बस्न लागेको हो । चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन ।

प्रचण्डलाई पार्टी केन्द्रमा बराबरी हैसियतमा र जनयुद्ध शब्दावलीसहित पार्टी एकता गर्न माओवादी भातृ संगठनहरुले चर्को दबाब दिएका छन् । तर, एमालेका नेताहरु यि दुबै कुरा स्विकार गर्ने पक्षमा छैनन् । सोही कारण एमाले–माओवादीबीच सम्वादहिन अवस्था सृजना भएको हो । यसले गर्दा यही वैशाख ९ गते पार्टी एकता घोषणा गरेका यि दुबै दलको एकता अलमलमा परेको छ ।

प्रतिकृया दिनुहोस