परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै

प्रधानमन्त्रीको चिन भ्रमण र चिनिया राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्ने

Pardip gyali

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार बेइजिङ प्रस्थान गर्दै छन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे समेत तयारी गर्नेछन् ।

स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली एक महिनाभित्रै चीन भ्रमणमा जाने गरी दुवै देशको कूटनीतिक संयन्त्रमा छलफल भइरहेको छ । ज्ञवालीको भ्रमणमा कुनै ठोस सम्झौता हुने–नहुनेबारे अहिलेसम्म बेइजिङस्थित नेपाली दूतावास जानकार छैन ।

‘परराष्ट्रमन्त्रीज्यू ३ देखि ८ वैशाखसम्म चीनको औपचारिक भ्रमणमा आउने तय भएको छ,’ बेइजिङस्थित नेपाली दूतावासका प्रवक्ता हरिश्चन्द्र घिमिरेले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘परराष्ट्रमन्त्रीज्यूको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर हुन्छ कि हुँदैन भन्ने जानकारी आइसकेको छैन । तर, उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी हुने प्रचलन नै हो, यसपटक पनि हुन सक्छ ।’ प्रधानमन्त्री ओली यसअघि ०७२ चैतमा चीन भ्रमणमा गएका थिए ।

ज्ञवालीले चीनसँग यसअघि भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा चाँडै हस्ताक्षर हुने बताउँदै आएका छन् । बेइजिङमा परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी वाङ यीबीच ५ वैशाखमा औपचारिक वार्ता हुनेछ ।

सोही दिन परराष्ट्रमन्त्रीले चीनका एकजना शीर्ष नेतासँग भेटवार्ता गर्ने भनिएको छ, तर कोसँग भन्ने जानकारी चीनको विदेश मन्त्रालयले दिइसकेको छैन । ‘स्टेटलिडरसँग भेटवार्ता हुने भनिएको छ, तर कोसँग भन्ने जानकारी आइसकेको छैन,’ नेपाली दूतावासका प्रवक्ता घिमिरेले भने ।

परराष्ट्रमन्त्रीको भ्रमणटोलीमा मन्त्री हैसियतका राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयको चीन हेर्ने डिभिजन प्रमुख गणेशप्रसाद ढकाल, प्रमुख शिष्टाचार महापाल दीपक अधिकारी तथा अन्य मन्त्रालयका सहसचिव रहने बुझिएको छ ।

चीनमा राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि नेपालबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...