डा. भट्टराईको दाबी ‘कांग्रेस–एमालेले समृद्धि ल्याउनु र गोरु ब्याउनु उस्तै’

कुन ठाउँमा पुग्ने हो र त्यहाँसम्म पुग्ने बाटो कुन हो भन्ने किटान नभएसम्म गफ गरेर पुगिन्न

Baburam

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेबाट देशमा समृद्धि सम्भव नभएको बताएका छन् ।

भारतको वैंग्लोरमा पार्टी कार्यकर्ता प्रशिक्षणमा ब्यस्त रहेका भट्टराईले यि दुई दलको विचारबाट विकास र समृद्धि हुन्छ भन्नु गोरु ब्याउछ भनेर आश गरेजस्तै हुने दाबी गरे ।

‘आज नेपालमा काँग्रेसले नांगो नवउदारवादी वा बजार पुँजीवादी बाटो र एमालेले कम्युनिज्मको नाउँमा क्रोनी क्यापिटालिज्म वा राज्य-पुँजीवादी बाटो समातिरहेको स्थितिमा उनीहरूबाट देशमा समृद्धिको ढोका खुल्छ भन्नु गोरू ब्याउँछ भन्नु जस्तै हो,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक्काइसौं शताब्दीमा आइपुग्दा दुबैका सीमा स्पष्ट भैसकेका छन्! विचारमा प्रष्टता नभएसम्म र ठोस मार्गचित्र नबनाएसम्म समृद्धि त आकाशबाट खस्दैन है!'

यस्तो छ भट्टराईको स्टाटस-

नयाँ बर्षमा हामी नेपाली सबैले अन्तर्हृदयैदेखि विकास र समृद्धिको संकल्प गरेको हो भने मेरो सबै प्रमुख नेताहरू र विज्ञ/वुद्ध्जीवीहरूसंग विनम्र आग्रह छ- पहिले समृद्धिको राजनीतिक अर्थशास्त्र , अवधारणा र दृष्टिकोणबारे प्रष्ट होऊँ!

( हुन त यो रमझमको बेला यस्ता कुरा गर्दा म ‘हंसमध्ये: वको: यथा’ हुने खतरा छ! )

कुन ठाउँमा पुग्ने हो र त्यहाँसम्म पुग्ने बाटो कुन हो भन्ने किटान नभएसम्म त्यत्तिकै गफ गरेर वा कुदेर गन्तव्यमा पुगिन्न। त्यो लक्ष्य किटान गर्ने र बाटो देखाउने यन्त्र वा कम्पास भनेको दृष्टिकोण/विचार/भिजन हो।कम्पास बिनाको जहाज/गाडीको हालत के हुन्छ सबैलाई थाहै छ!

एक्काइसौं शताब्दीमा आर्थिक विकास र समृद्धिको अवधारणा र बाटोबारे अहिले विश्वमा रोचक बहस र अध्ययन-अनुसन्धान भैरहेछन्। मुख्यत: नवउदारवादी, मार्क्सवादी र उत्तर- आधुनिकतावादी/उत्तर-संरचनावादी कोणबाट गहन छलफल भैरहेछन्!

हामीले विश्वसंग पदचाप मिलाउँदै आफ्नै ठोस परिस्थिति सुहाउँदो ठोस बाटो पहिल्याउनु आवस्यक छ!त्यसक्रममा भिन्न धारका निम्न दुइ पुस्तकले हामीलाई नयाँ बाटो पहिल्याउन मदत गर्ने मैले अनुभूत गरेको छु।

पहिलो, नवउदारवादी वा आधुनिकतावादी कोणबाट Steven Pinker ले लेखेको Enlightenment Now: The Case for Reason, Science, Humanism,and Progress र दोश्रो, मार्क्सवादी कोणबाट Richard Peet and Elaine Hartwick द्वारा लिखित Theories of Development: Contentions, Arguments, Alternatives !

हामीले Post- Modernism/Post-Structuralism हैन Enlightenment र Modernism कै जगमा उभिएर Critical Modernism को नयाँ बाटो निर्माण र अनुशरण गर्नुपर्ने हो कि? आखिर उदारवाद र मार्क्सवाद दुवै Enlightenment र Modernism कै उपज हुन् र एक्काइसौं शताब्दीमा आइपुग्दा दुबैका सीमा स्पष्ट भैसकेका छन्! विचारमा प्रष्टता नभएसम्म र ठोस मार्गचित्र नबनाएसम्म समृद्धि त आकाशबाट खस्दैन है!

आज नेपालमा काँग्रेसले नांगो नवउदारवादी वा बजार पुँजीवादी बाटो र एमालेले कम्युनिज्मको नाउँमा क्रोनी क्यापिटालिज्म वा राज्य-पुँजीवादी बाटो समातीरहेको स्थितिमा उनीहरूबाट देशमा समृद्धिको ढोका खुल्छ भन्नु गोरू ब्याउँछ भन्नु जस्तै हो। त्यसैले यो नयाँ बर्षमा गैर-एमाले र गैर- काँग्रेस तेश्रो राजनीतिक ध्रुव र समावेसी समृद्धिको नयाँ विकासको बाटो निर्माण गर्नुपर्ने हो कि?

भारतको Silican Valley भनेर चिनिने बैंगलुरू ( पहिले बैंगलोर ) मा बसेर घोत्लिदा म त यस्तै देख्छु! जो विचार!!

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...