राष्ट्रपति भण्डारीद्वारा त्रि–दिवसीय साधना उद्घाटन

Didhya bhandari

भक्तपुर ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यपुरथिमि नगरपालिकास्थित श्यामाश्यामा धाममा आयोजना गरिएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको आज उद्घाटन गरेकी छन् । 

कार्यक्रममा उनले राधा कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले धामका विभिन्न धार्मिक संरचना र धामले तयार पारेको वृत्तचित्र अवलोकन गरिन । 

कार्यक्रममा संगीता दिदीले धामको अवस्था र साधनाको महत्व माथि प्रकाश पारेकी थिइन् । राष्ट्रपति भण्डारीलाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, धामका स्वामी हरिदास, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, ३ नं प्रदेशसभा सदस्य शशीजंग थापा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले स्वागत गरेका थिए । 

तीन दिनसम्म चल्ने साधना एवं भेलामा देशभरबाट साधक तथा साधिकाको उपस्थिति रहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...