नयाँ वर्षमा सिस्नु हानाहान

Bisu pic

काठमाडौं । आज देशैभरी नयाँ वर्ष विभिन्न कार्यक्रम गरि मनाईंदैछ । सुदूरपश्चिम क्षेत्रमा पनि नयाँ वर्ष धुमधामका साथ मनाईनछ, तर नयाँ ढंगले । 

बिसु पर्वका रुपमा मनाईने नयाँ वर्षमा सिस्नुपानीले हानाहान गरि यो पर्व मनाउने चलन छ । बिसु पर्वमा देवर–भाउजु, नन्द–भाउजु, साली–भिनाजुले एक–अर्कोलाई सिस्नोले हान्ने चलन छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा नयाँ वर्षको पहिलो दिनलाई परम्परादेखि नै यसरी धुमधामका साथ बिसु पर्वका रुपमा मनाइने प्रचलन रहेको छ ।

अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ।

देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ।

हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ। शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ।

तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ।

पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदुरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ। विशेष गरी घर छिप्ने कार्यमा महिलाहरु सक्रिय हुन्छन्।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ। वैशाख शुरु भएसँगै रोग ब्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ ।

नयाँ वर्ष अर्थात बिसु पर्व मनाउनकै लागि नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साता अघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...