बालगृहको आवरणमा सबै हिन्दूलाई पादरी बनाउने मिसन !

Marsi school

काठमाडौं । सबै हिन्दुलाई पादरी बनाउने उद्देश्यका साथ खुलेको संस्थाले समाजकल्याण परिषदमार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गराएर काम गरिरहेको खुलेको छ ।

संविधानले धर्म परिर्वतन गराउनु वा अर्काको धर्ममा खलल पर्ने काम गर्नुलाई दण्डनीय भनेको छ ।

तर, नयाँ पादरीलाई देशब्यापी रुपमा प्रशिक्षित गर्दै हिन्दू र वुद्धमार्गीलाई क्रिश्चियन बनाउने घोषित उद्देश्य बोकेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई समाज कल्याण परिषद मार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गरेको पाइएको हो ।

मर्सी मिसन हिमालयजले २००८ देखि बाइबल स्कूल र पादरी प्रशिक्षण लगायतका कार्यक्रम चलाइरहेको छ । उसले भिजन नेशनल नामको क्रिश्चियन गैरसरकारी संस्थाबाट आर्थिक सहयोगमा ल्याएर यो कार्यक्रम चलाउँदै आएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको मर्सी मिसनले समाज कल्याणबाट स्वीकृति लिएर पछिल्लो दुई आर्थिक वर्षमा एक करोड बढीका परियोजना ल्याएको छ ।

भिजन नेशनलको प्रस्तावनामै सबै हिन्दूलाई पादरी बनाउने उल्लेख छ । तर, नेपालमा परियोजना सम्झौता गर्दा भने बाल गृह र एकल महिला गृह निर्माणको नाममा स्वीकृति लिइएको छ ।

बालगृह र विधवा गृहको आवरण
मर्सी मिसन हिमालयजका सचिव शंकरदत्त भट्टले विगतमा संस्था स्थापनाको उद्देश्य बाइबल प्रशिक्षण र इसाइकरण नै राखिए पनि पछिल्लो समय देशको परिस्थिति अनुसार सो कार्य रोकिएको बताए । उनले अहिले संस्थाले ५६ जना बालबालिका र १२ जना एकल महिलालाई संरक्षण दिइरहेको र उनीहरुको लागि भवन बनाउन रकम लिइएको बताए ।

समाजकल्याण परिषदका एक अधिकारीले भने बाइबल स्कूल र पादरी प्रशिक्षण केन्द्र खोल्ने उद्देश्य राखेको संस्थालाई जिल्ला प्रशासनले नै दर्ता गर्नु कमजोरी रहेको बताए ।

सरकारबाट दर्ता भइसकेको संस्थाले परियोजना स्वीकृतिका लागि सबै प्रक्रिया पूरा गरेपछि परिषदले रोक्न नमिल्ने उनले बताए । उनले बालगृहका नाममा बाइबल प्रशिक्षण केन्द्र निर्माण भइरहेको बताए ।

महालेखाको प्रश्न
सबै हिन्दूलाई क्रिश्चियन बनाउने घोषित उद्देश्य बोकेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई समाजकल्याण परिषद मार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गरिएकोमा महालेखा परीक्षकले प्रश्न उठाएको छ । राष्ट्रपति समक्ष बुझाउन तयार पारिएको महालेखाको प्रतिवेदनमा यस्ता संस्थाको परियोजना सम्झौता स्वीकृत गर्ने विषय बिचारणीय देखिएको उल्लेख छ ।

व्यवसायिक तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्न परिमार्जित परियोजना स्वीकृत गरे पनि मूल उद्देश्य धर्म परिवर्तन रहेको संस्थाबाट सहयोग लिई धर्म विशेषलाई केन्द्रित गरी खर्च गर्नु संविधान अनुकुल नदेखिएको महालेखाले बताएको छ ।

मर्सी मिसन हिमालयजको दाता आईएनजीओ भिजन नेशनल्सको प्रस्तावानामै भनिएको छ,

Vision Nationals began to train and equip these new pastors all Hindu convertes to pastors the people in their care.

यो संस्थाले आफ्नो मुख्य उद्देश्य नेपाल, भारत र भुटानका हिन्दू तथा बुद्धमार्गीहरुलाई इसाइकरण गर्नु भएको बताएको छ र देशैपिच्छे फरक फरक परियोजना चलाइरहेको छ ।

मर्सी मिसनको बाइबल रुट
मर्सी मिसनको अध्यक्ष जितबहादुर विश्वकर्मा छन् । उनको पादरी नाम साइमान रहेको संस्थाले जनाएको छ ।

हालसम्म यो संस्थाले ६० वटा चर्च नेपालभर बनाइसकेको र ६ महिने पास्टर ९पादरी० तालिम दिइएको जनाएको छ । यसको आगामी लक्ष्य भनेको साबिकका पाँच विकास क्षेत्रमा कम्तिमा एकएक बाइबल तालिम केन्द्र स्थापना गर्ने छ ।

त्यस्तै मोबाइल बाइबल स्कूलमार्फत देशभर पादरीहरुलाई परिचालन गरिने मिसन छ । यद्यपि पछिल्लो समयमा यो कार्यक्रम रोकिएको भट्टले बताए । ‘नेपालको पछिल्लो सन्दर्भमा धेरै विवाद आएपछि कार्यक्रम रोकिएका छन्, हामी अहिले अरु नै काममा छौं’ उनले भने ।

भूकम्पलगत्तै राहतका नाममा बाइबल वितरण गरेको र राहत पाउनका लागि धर्म परिवर्तन गर्नुपर्ने दबाब दिइएको भन्दै उजुरी परेपछि यस्ता संस्था निगरानीमा परेका थिए ।

सोही क्रममा धार्मिक उद्देश्य राखेका संस्थाको नवीकरण नगरिने र उनीहरुको परियोजना पनि स्वीकृत नहुने परिपत्र सरकारले पठाएपछि अहिले मर्सी मिसनले बालगृहका नाममा परियोजना स्वीकृत गरेको हो ।

यो मिसन अन्तर्गत प्रत्येक घर घरमा स्वयंसेवकका रुपमा बाइबल प्रचारकहरुलाई पठाइने र पादरीहरुलाई प्रत्येक गाउँमा पुगेर प्रशिक्षण दिने कार्यक्रम छ । तर, पछिल्लो समय खुलेआम धर्म परिवर्तन अभियानमा प्रशासनले रोक लगाएपछि परियोजनाको प्रकृति फिरिएको संस्थाले जनाएको छ ।

बालगृह नै विवादमा
ललितपुरका कुसुन्तीमा सन्चालित मर्सी मिसन वालगृहमा न्युनतम मापदण्ड पनि नभएको र अँध्यारो कोठामा बालवालिका राखिएको भन्दै समाजकल्याण परिषदले पत्राचार गरिसकेको छ । भट्टले भने भर्खरै मात्र सरोकारवाला पक्षले अनुगमन गरेर फर्किएको दाबी गरे ।

समाजकल्याण परिषदका अनुसार मर्सी मिसन हिमालयज भन्ने संस्थाको परिषदमा आबद्ध छ । यसको आबद्धता नम्बर २५३० हो ।

यो संस्था २०६४र६५ मा ललितपुर जिल्लामा २०६१८ दर्ता नम्बरमा दर्ता भएको छ । यो संस्थाको वेबसाइटमा पनि यो क्रिश्चियन सामाजिक संस्था भएको र यसको उद्देश्य गाउँ गाउँमा बाइबल प्रचार र पादरी उत्पादन गर्नु रहेको उल्लेख छ ।

पछिल्लो तीन वर्ष यो संस्थाले बालगृहका लागि शुरुमा ८२ लाख ८५ हजार र लगत्तै २६ लाख ११ हजारको परियोजना स्वीकृत गरेको छ । त्यस्तै बालगृहकै लागि २०७२ कात्तिक १ देखि २०७३ असोज ३० सम्मका लागि ७२ लाख १२ हजारको परियोजना स्वीकृत गरेको छ । सोही मितिमै थप ३५ लाखसमेत गरी कुल २ करोड १० लाखको परियोजना चलाइरहेको छ ।

संस्थाले मर्सी मिसन एकेडमी भनेर स्कूल पनि चलाएको छ । संस्थाका अध्यक्ष र स्कूलका प्रिन्सिपल एउटै व्यक्ति भएकोमा परिषदले प्रश्न उठाएको थियो । अनलाइन खबरबाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...