महिला हिंसामा संलग्न हुनेलाई रेडक्रसको सदस्यता नदिनुस् : मन्त्री थापा
विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन् ।
नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री थापाले आफ्नो विधान संशोधन गर्दा नेपाल रेडक्रसले आफूलाई महिला मैत्री बनाउनुपर्ने बताउँदै महिलामाथि हुने हिंसा, छाउपडी, बालविवाह, बोक्सी र दहेज प्रथा अन्त्य गर्न कार्यमा यो संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भनिन् ।
महिला हिंसामा संलग्न हुनेलाई सदस्यता नदिन नेपाल रेडक्रसलाई उनले आग्रह पनि गरिन् ।विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले रगतको कमीले ग्रामीण क्षेत्रमा हुने अकाल मृत्युलाई रोक्न रेडक्रसले त्यस क्षेत्रमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्नुपर्ने बताइन् ।
राष्ट्रिय समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले २१ औँ शताब्दी सुहाउँदो कार्य रेडक्रसले गर्नुपर्ने बताइन ।सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महामन्त्री देवरत्न ध्वाख्वा, मोरङ सभापति सुबोधकुमार सिंह, उपसभापति रमानन्द यादव लगायतले समाज सेवाका क्षेत्रमा नेपाल रेडक्रसले पु¥याउनुभएको योगदानको विविध पक्षमाथि प्रकाश पारे ।
उक्त महाधिवेशनमा मुलुकभरिबाट २७५ जना रेडक्रसकर्मीलगायत विभिन्न मन्त्रालय, समाज कल्याण परिषद्, रेडक्रस अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि गरी ३०० जनाभन्दा बढीको सहभागिता छ । महाधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित समाचार
साँझ मात्रै खुल्ने धनकुटाको छिन्ताङ मन्दिर अबदेखि दिउँसै खुल्ने
धनकुटा । देशकै चर्चित मन्दिर मध्येको धनकुटाको छिन्ताङ मन्दिर अबदेखि दिउँसै खुल्ने भएको छ । सबै मन...
माझी समुदायले मनाए लदी पुजा, चौविसे गाउँपालिकाले दियो २ वडामा सार्वजनिक विदा
धनकुटा । माझी समुदायले लदी पुजा मनाएका छन् । तमोर नदी किनार आसपास बसोबास गर्ने माझी समुदायले प्रत...
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्व...
जब ज्यालामा विभेद भोगिन्, अनि ठेकेदार बनिन् पार्वती
दोधारा चाँदनी (कञ्चनपुर) । पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालि...
आज वसन्त श्रवण र सरस्वती पूजा, उच्च पदस्थलाई नै कि वसन्त श्रवण ?
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देव...
आज तमु-ल्होछार पर्व, देशैभरि सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर...
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
प्रतिकृया दिनुहोस