बाम एकता संयोजन समितिको बैठक बस्दै, चुनाव चिन्ह, जनयुद्ध शव्दमा छलफल हुने

Uml mao

काठमाडौं । नेकापा एमाले र माओवादी पार्टी एकता लागि गठन गरिएको बामएकता संयोजन समितिको बैठक अाज दिउसो बस्ने भएको छ । 

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारीमा रहेको गठबन्धनले विवादित बिषयमा सहमति खोज्ने प्रयास गर्ने छ ।  

बैठकमा विवादित विषयमा छलफल हुने र सकभर आजै ती विषयमा सहमति जुटाउने प्रयास गर्ने तयारी रहेको बुझिएको छ ।  सहमति नभएपनि छलफललाई निरन्तरता दिएर सहमति जुटाउने प्रयास तयारी रहेको बुझिएको छ ।

गत चैत २० गते राजनीतिक र विधान तथा सांगठनिक कार्यदलले दुई प्रतिवेदन वुझाएपनि निर्वाचन चिन्ह, प्रस्तावनामा ‘जनयुद्ध’ शव्द राख्ने या नराख्ने तथा एकीकृत पार्टीमा रहने सदस्य कुन पार्टीका कति भन्नेमा दलहरुवीच विवाद छ । तर, नेताहरुले भने बाहिर आएजस्तो विवाद नभएको दावी गर्दै अएका छन् ।

कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेपनि प्रतिवेदनबारे खासै छलफल भएको थिएन । 
प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै त्यसवारे छलफल गर्ने नेताहरुले बताएका थिए । प्रधानमन्त्रीको चैत २३–२५ भारत भ्रमण सकिएको २ दिन वित्दा पनि समितिको बैठक बस्न सकेको थिएन ।   

प्रतिकृया दिनुहोस