मन्त्रिपरिषदको पहिलो बैठकमा आइजिपी नियुक्तिको प्रस्ताव अाएन, दोस्रो बैठक अाजै बस्ने

Cabinete

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा विहानको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा छलफल हुन नसकेको बुझिएको छ ।

यस बिषयमा छलफल गर्न मन्त्रिपरिषदको दोस्रो बैठक अाजै बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने केही महत्वपूर्ण एजेण्डा रहेको भन्दै अपर्झट बैठक बस्न सक्ने भएकाले तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

सरकारले गरिब, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षाको अवसरबाट बञ्चित गरिव, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका पदाधिकारीहरु, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, उद्योगी, व्यापारी, शिक्षाप्रेमी, अभिभावक संघ, राष्ट्रसेवक कर्मचारी, संचारकर्मीलगायतका नागरिक समाजका अगुवाहरुलाई आह्वान गरेको हो।

शिक्षाको अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर सरकारले विद्यालय भर्ना गर्न सबैमा आह्वान गर्नु परेको संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

त्यसैगरी मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सचिवमा भने डिल्लीराज घिमिरेलाई बढुवा गरी पदस्थापन गरिएको पनि राज्यमन्त्री बास्कोटाले जानकारी दिए।

बैठकमा यातायात समितिहरु नविकरण नगर्ने प्रस्तावका विषयमा पनि छलफल भएको थियो। यस्तै आजको बैठकले वित्तीय व्यवस्थापनका लागि विश्व बैंकको १० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।

दुवै प्रहरी संगठनका आइजिपी नियुक्तिको प्रस्ताव औपचारिक रुपमा नआएको र छलफल नै नभएको बताइएको छ । प्रधानमन्त्री र गृहमन्त्रीबीच अलग्गै छलफल गरेर नियुक्तीको प्रस्ताव मन्त्रिपरिषदको दोस्रो बैठकमा पेश हुन सक्ने अनुमान गरिएको छ । 

मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजनाको उपाध्यक्ष पनि नियुक्त गर्ने भनिएको थियो । योजना आयोगको उपाध्यक्षका लागि डा.पुष्प कडेलको नाम अघि सारिएको छ । उनी एमाले केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष हुन् । अनको नियुक्तीको प्रस्ताव बैठकमा नअाएको बुझिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा दुवै प्रहरी संगठनका महानिरिक्षक चयनका लागि गृहमन्त्रालयले प्रस्ताव लगेको बताइएको थियो  ।  जनपथ प्रहरीका महानिरिक्षक प्रकाश अर्याल र ससस्त्रका सिंहबहादुर श्रेष्ठ सेवा अवधी पुरा गरि भोलीदेखि अनिवार्य अवकाश हुदै छन् ।  जनपथमा सर्वेन्द्र, रमेश खरेल तथा पुस्कर कार्की प्रतिस्पर्धामा छन् भने ससस्त्रमा शैलेन्द्रसँगै पुष्पराम केसी दौडमा छन् । 

प्रतिकृया दिनुहोस