आर्थिकबाहेक हाम्रो आन्तरिक मामिला अब द्विपक्षीय वार्ताको विषय बन्दैन

‘बोल्ड नेतृत्वले अडान स्थापित गर्न सक्ने रहेछ’

Pardip gyali

प्रधानमन्त्रीको भारतको राजकीय भ्रमण गर्नु भएको र यसक्रममा भएका वार्ता, सहमति र सम्झौताका सन्दर्भमा कुनै कुरा लुकेका छैनन् । यसपटकको भ्रमणको एउटा फरक विशेषता के पनि हो भने हामीले जे गर्ने हो त्यसमा मात्र ‘फोकस’ भयौं ।

सहमति र सम्झौताहरु मात्र गर्ने तर कार्यान्वयन नगर्ने परम्पराबाट हाम्रो विश्वासको आधार कमजोर भएको छ । यो कुरालाई हाम्रो प्रधामन्त्रीले गम्भीरतापूर्वक उठाउनुभयो, जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अत्यन्तै गम्भीर रुपमा लिनुभयो ।

विगतमा हाम्रोतर्फबाट प्रष्ट कुरा नराखिँदा पनि कार्यान्वयन फितलो भएको हो कि ? तर अब नयाँ सम्झौता थपेर पेण्डिङ लिष्ट बढाउने भन्दा पनि पुराना सम्झौता कार्यान्वयनका लागि दुवै पक्षले तत्काल देखिने गरी काम गर्नुपर्‍यो भन्नेमा हाम्रो जोड रह्यो ।

अब बाहिर के कस्ता प्रतिक्रिया आएका छन् (विशेषगरि सामाजिक सञ्जालमा) त्यो हामीले हेरिरहेका छौं । हामी यसपटक कतिपय कुरालाई क्रमभंग गर्न चाहन्थ्यौं । हाम्रो आन्तरिक मामिला द्विपक्षीय छलफलको विषय बन्नु हुँदैन भनेर हामीले काठमाडौं मै भनेका हौं । दिल्लीमा पनि हाम्रो आन्तरिक विषय प्रवेश भएन । यो अहिलेसम्मको निरन्तरताको क्रमभंग नै हो ।

बोल्ड र भिजनरी नेतृत्वले अडान राख्ने र त्यसमा कायम रहने हो भने अडान स्थापित गर्न सकिने रहेछ भन्ने यसपटक हामीले अनुभूति गरेका छौं । अब भारतसँग हाम्रो छलफलको विषय राजनीति होइन, आर्थिकमात्र हुनेछ भन्ने कुरालाई यसपटकको प्रधानमन्त्रीको भ्रमणले स्थापित गरेको छ

‘बोल्ड’ र ‘भिजनरी’ नेतृत्वले अडान राख्ने र त्यसमा कायम रहने हो भने अडान स्थापित गर्न सकिने रहेछ भन्ने यसपटक हामीले अनुभूति गरेका छौं । हामी संक्रमणकाल पार गरेर बलियो जनादेशसहित स्थिर सरकारको दिशामा अघि बढेका छौं । अब भारतसँग हाम्रो छलफलको विषय राजनीति होइन, आर्थिक मात्र हुनेछ भन्ने कुरालाई यसपटकको प्रधानमन्त्रीको भ्रमणले स्थापित गरेको छ ।

दुवै प्रधानमन्त्रीका बीच विभिन्न चरणमा वान अन वान र सामूहिक छलफलमा धेरै महत्त्वपूर्ण कुराहरु आएका छन् । दुवै देशमा बोल्ड र भिजनरी लिडरशीप स्थापित भएको मौका छ । हामीले अब आर्थिक समृद्धि र विकासमा बलियो सहकार्य गर्नुपर्छ भन्नेमा दुवै नेता सहमत हुनुभएको छ । मोदीजीले संयुक्त पत्रकार सम्मेलन मै अब नेपाल भारत सम्बन्ध नयाँ युगमा प्रवेश गरेको भनेर त्यसलाई पुष्टि गर्नुभएको छ ।

हामी विगतलाई बिर्सन सक्दैनौं तर विगतमा अल्झिएर बस्दैनौं । हाम्रो प्रधानमन्त्रीको नारा समृद्ध नेपाल, सुखी नेपाल र भारतीय प्रधानमन्त्रीको नारा सबका साथ सबका विकास अब एकअर्काको परिपूरक हुन् भनेर मोदीजीले भन्नुभयो । वास्तवमा नेपालका प्रधानमन्त्रीले आफ्नो विकास र समृद्धिको भिजनमा अन्तर्राष्ट्रिय शक्तिलाई सहमत र प्रभावित गराउन सक्नु सामान्य कुरा होइन ।

भारतीय प्रधानमन्त्रीले यसपटक धेरै कुरामा प्रष्ट हुन पाएँ भन्नुभएको छ । अर्को कुरा अब विश्वासको आधार बनाउनुपर्छ भन्ने कुरामा हाम्रो तर्फबाट प्रधानमन्त्रीले धेरै कुरा राख्नुभयो । अनौपचारिक रुपमा धेरै कुरा खुलेर भए । प्रधानमन्त्रीले कूटनीतिक रुपमा होइन, सीधै कुरा राख्छु भनेर पनि धेरै कुरा गर्नुभयो । मुख्य सम्बन्ध सुमधुर हुनु विश्वासको आधार बन्नुपर्छ भन्ने हो ।

भारत विगतका कतिपय तीता अनुभवहरुबाट कोर्ष करेक्सनको चरणमा गएको हो कि जस्तो पनि देखिन्छ । त्यो राम्रो कुरा हो । अब नेपालकेा आन्तरिक राजनीतिक मामिलामा भारतसँग छलफल हुँदैन भन्ने कुरा हाम्रो प्रधानमन्त्रीले प्रष्ट राखिसक्नुभएको हुनाले पनि ती विषय प्रवेश भएनन् । दुवैतिर बलियो नेतृत्व भएकाले अब समृद्धिका लागि सहकार्य गर्नुपर्छ भन्ने नै हो ।

यसका लागि सबैभन्दा ठूलो कुरा चाहिँ विश्वास हो । विश्वासको आधार खोई ? भनेर क्याटागोरिकल्ली हाम्रा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग बुँदागत कुरा राख्नुभयो । कतिपय कुरा सुनेर भारतीय प्रधानमन्त्री समेत अचम्मित हुनुभयो र तत्कालै आफ्नो मेकानिजमसँग बुझेर सिरियस मुभ गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

हामी तपाईंहरुको प्रतिस्पर्धी होइनौं, त्यसैले हाम्रो ब्यापार घाटाप्रति उदार बनिदिनुस् भन्ने कुरा प्रधानमन्त्रीले सबैभन्दा जोड दिएर राख्नुभएको छ । उदाहरणका लागि नेपाली जुन भारतीय बजारमा आउने कुरा असाध्यै सानो हो । तर हाम्रो लागि चाहिँ ठूलो विषय हो

उदाहरणका लागि हाम्रो प्रधानमन्त्रीले सबैभन्दा कडा ढंगले ब्यापार घाटाको कुरा उठाउनुभयो । कतिपयले यो कुरा संयुक्त वक्तव्यमा परेनन् भनेर नकारात्मक प्रचार गरेको पनि देखियो । तर संयुक्त वक्तव्यमा पार्ने तर केही काम नहुने विगतको अभ्यासबाट हामी बाहिर निस्कन खोजेका हौं । जे जति कुरा भए ती सबै संयुक्त वक्तव्यमा आउने पनि होइन ।

भारतसँगको व्यापार घाटा ‘अलार्मिङ पोइन्ट’मा पुगिसकेको र नेपाल जस्तो सानो देशको अर्थतन्त्रले अब यो धेरै धान्न सक्दैन भनेर हाम्रो प्रधानमन्त्रीले तत्काल परिणाम देखिने गरि काम होस् भन्नुभयो । सन् १९९६ मा भएको व्यापार सम्झौता नेपालका लागि अनुकुल थियो तर पछि थपिएका प्रावधानले नेपाललाई बाधा पारेको छ ।

हामी तपाईंहरुको प्रतिस्पर्धी होइनौं त्यसैले हाम्रो ब्यापार घाटाप्रति उदार बनिदिनुस् भन्ने कुरा प्रधानमन्त्रीले सबैभन्दा जोड दिएर राख्नुभएको छ । उदाहरणका लागि नेपाली जुन भारतीय बजारमा आउने कुरा असाध्यै सानो हो । तर हाम्रो लागि चाहिँ ठूलो विषय हो । नेपाली ग्यास बुलेटले भारतमा प्रवेश नपाउँदा नेपाली व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ ।

यस्ता विषयमा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई व्यक्तिगत रुपमै गम्भीर बन्न र यहीँबाट विश्वासको आधार विकास गर्न आग्रह गर्नुभएको छ । साना-साना विषयमा भएको अवरोधले नेपाल-भारत सम्बन्धका विभिन्न आयाममा अप्ठ्यारो पर्ने धारणा उहाँले राख्नुभएको छ ।

व्यापार घाटाको कुरा नेपालको सबैभन्दा ठूलो सरोकार हो भन्ने कुरा बुझेपछि भारतीय प्रधानमन्त्रीले तत्कालै दुवै देशको वाणिज्य मन्त्री र सचिवस्तरीय बैठकहरु राखेर समाधान खोज्यौं भन्नुभएको छ । हामीले अब बोली र वक्तव्यमा मात्र होइन, व्यबहारमा कार्यान्वयनबाट मात्र विश्वासको आधार बन्छ भनेका छौं । हाम्रोबीचमा कुनै समस्या छैनन्, छ त केबल विश्वासको संकट । यसको अन्त हुनुपर्छ भन्नेमै हाम्रो जोड रह्यो ।

प्रधानमन्त्रीले विश्वासको आधार कमजोर भएको सन्दर्भमा अर्को उदाहरण पनि पेश गर्नुभयो, जुन कुराले मोदीजी पनि अचम्मित हुनुभयो । एकीकृत महाकाली सन्धि भएको २० वर्ष पुगिसक्यो । त्यो सन्धि गर्दा भारतले टनकपुर लिंकरोड बनाउने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म त्यो सडक बनेन ।

हामीले प्रश्न गर्‍र्यौं- जम्मा डेढ किलोमिटर सडक पनि २० वर्षसम्म नबनाउँदा बाहिर कस्तो सन्देश जान्छ ? हामीले विश्वासको आधार कसरी बनाउने ? यो त लाजमर्दो भएन ?’

यो प्रश्नपछि भारतीय प्रधानमन्त्रीले आफू अचम्मित भएको भन्दै तत्काल उत्तराखण्ड सरकारसँग कुरा गरेर काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

यस्ता साना-साना कुरा हुन् जसले आपसी विश्वासको आधार तय गर्छन् । यसै सन्दर्भमा अर्को उदाहरण पनि प्रस्तुत भयो त्यहाँ । भारतले पुलिस एकेडेमी बनाउने भनेर धेरै पहिलेदेखि नै सहमति सम्झौता भए । तर अहिलेसम्म कुनै काम अघि नबढेपछि विश्वासको आधार कमजोर भयो भन्ने कुरा हाम्रोतर्फबाट व्यक्त भयो । तर यस्ता कुरा सबै वक्तव्यमा आउनुपथ्र्यो भन्ने तर्कलाई के भन्ने ?

जम्मा डेढ किलोमिटर सडक पनि २० वर्षसम्म नबनाउँदा बाहिर कस्तो सन्देश जान्छ ? हामीले विश्वासको आधार कसरी बनाउने ? यो त लाजमर्दो भएन ? उहाँले यो प्रश्न गरेपछि भारतीय प्रधानमन्त्रीले यस्तो कुरा सुनेर आफू अचम्मित भएको भन्दै तत्काल उत्तराखण्ड सरकारसँग कुरा गरेर काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ

दैनिक २६ किलोमिटर सडक निर्माण गरिरहेको भारतले नेपालको प्रहरी एकेडेमी बनाइदिने कुरा अत्यन्तै सामान्य हो । समयलाई बाधक बन्न दिनुहुँदैन । मोदीजीले तत्काल गृहसचिवस्तरीय संयन्त्रलाई सक्रिय बनाएर यो परियोजना कार्यान्वयन गरौँ, भारत सहयोग गर्न तयार छ भन्नुभएको छ । यो विषयमा भारतीय गृहमन्त्री राजनाथ सिंहसँग पनि गम्भीर छलफल भयो ।

हाम्रोतर्फबाट प्रधानमन्त्रीले डुबानको समस्यालाई महत्त्वका साथ उठाउनुभयो । वर्षा शुरु नहुँदै यसमा काम गर्नुपर्छ भन्नेमा मोदीजी पनि सहमत हुनुभएको छ । प्रत्येक वर्ष डुबानबाट नेपालतर्फ गरीबहरुको उठिबास भएको छ । सानो झुप्रो र केही खेतबाट जीवन धानिरहेका हाम्रा जनता नदीको बहाव थुनिँदा उठिबास भएका छन् ।

यसअघिका भ्रमणमा प्रधानमन्त्रीकै तहमा कुरा भएर संयुक्त रुपमा भ्रमण गर्ने र नदीको बहाव नरोकिने उपाय खोज्ने सम्झौता भएको हो । तर अहिलेसम्म केही प्रगति भएन । यसपटक वषर्ा लाग्नुअघिद नै यो समास्या समाधान गरौं । विश्वासको आधार यस्तै सानातिना कुराबाट बन्ने हो भन्ने उहाँको कुरा थियो । अब संयुक्त संयन्त्रसहित काम अघि बढाउनुपर्छ भन्ने कुरा त्यहाँ भयो ।

मैले प्रष्ट पार्न खोजेको के हो भने यो भ्रमणमा हामीले सम्बन्धलाई न्यानो र विश्वसनीय बनाउने आधार तय गरौं भन्यौ । त्यो भनेको सानातिना कुराबाटै शुरु हुने हो । वर्षौंदेखि प्रतिबद्धता जनाइने तर काम नहुने कुराले हाम्रो सम्बन्धको आधार कमजोर भयो । हुलाकी राजमार्गदेखि पञ्चेश्वरसम्मका कुरा त्यहाँ उठे । अब काम गरेर विश्वासको आधार बनाऊँ भन्नेमा जोड रह्यो ।

हाम्रो प्रधानमन्त्रीको भ्रमण तय भएसँगै भारतीय पक्षले केही सरप्राइज प्रोजेक्टमा काम गर्ने कुरा छ । नेपालको प्राथमिकता के हो भन्ने खालको कुरा आएको थियो । हामीले हाम्रो प्राथमिकता भनेको जलमार्ग, रेलमार्ग, कृषि र जलविद्युत्त परियोजना हुन् भन्ने बतायौं । तर पुराना परियोजना पेण्डिङ राख्दै नयाँ सम्झौतामा नजाने हाम्रो अडान भारतले बुझ्यो ।

हाम्रो प्रधानमन्त्रीको प्राथमिकता बुझेर हुनुपछर्, उहाँहरुले काठमाडौं–रक्सौल रेलवे परियोजना निर्माणको प्रस्ताव गर्नुभयो । हामीले त्यसमा सहमति जनायौं । भारतले एक वर्षमा सर्भे सम्पन्न गर्ने र लगत्तै कार्यान्वयनमा जाने वचन दिएको छ । त्यसो हुँदा ५ वर्षमा काठमाडौंसम्म रक्सौलबाट रेलमार्ग निर्माण हुन सक्ने कुरा भएको छ

हामीले पनि उहाँहरुको सोच बुझ्न खोज्यौं । हाम्रो प्रधानमन्त्रीको प्राथमिकता बुझेर हुनुपर्छ, उहाँहरुले काठमाडौं-रक्सौल रेलवे परियोजना निर्माणको प्रस्ताव गर्नुभयो । हामीले त्यसमा सहमति जनायौं । भारतले एक वर्षमा सर्भे सम्पन्न गर्ने र लगत्तै कार्यान्वयनमा जाने वचन दिएको छ । त्यसो हुँदा ५ वर्षमा काठमाडौंसम्म रक्सौलबाट रेलमार्ग निर्माण हुन सक्ने कुरा भएको छ ।

यसको लगानी र अन्य मोडालिटीबारे हामी भविष्यमा छलफल गर्नेछौं । रेलमार्ग अब गफ, भाषण र उपहासको विषय होइन, हाम्रो वास्तविकता बन्नेछ । किनभने अब हामी भारत र चीन दुवैतिरको कनेक्टिभिटीलाई प्राथमिकता दिएर अघि बढ्दैछौं । जलमार्गको सन्दर्भमा पनि कुरा भएका छन्, भारतीय प्रधानमन्त्रीले नै सगरमाथादेखि सागरसम्म कनेक्टिभिटीको कुरा गरिसक्नुभएको छ ।

समग्रमा यो भ्रमणले भारतसँगको हाम्रो सम्बन्धको नयाँ आधार तय गरेको छ । हामी बिगतको परम्पराबाट माथि उठेका छौं । अब हाम्रो सम्बन्ध आर्थिक सम्बृद्धि र विकासमा सहकार्य गर्ने दिशामा केन्दि्रत हुनुपर्छ भन्नेमा दुवै प्रधानमन्त्रीको मन मिलेको छ । दुवैतिर बलियो र स्थिर सरकार छ ।

मोदीले हाम्रो प्रधानमन्त्रीको समृृद्धिको भिजन सुनेपछि आफू त्यसबाट प्रभावित भएको बताउनुभयो । समृृद्धिका लागि हामी एक अर्काका सहयोगी बन्नुपर्छ भन्नेमा भारतीय प्रधानमन्त्रीले जोड दिनुभएको छ । यसका प्रभावहरु भविष्यमा देखिनेछन् ।अनलार्इन खवरबाट साभार 

प्रतिकृया दिनुहोस