अनौठो जात्रा : बिस्केट जात्रामा किन हानिन्छ ढुंगा ? यस्ता छन् कारण

Bisket jatra

भक्तपुर । भक्तपुरको सबैभन्दा लामो बिस्केट जात्रा मंगलबादेखि सुरु हुँदै छ । जहाँ अनोठौ परम्परा छ, जहाँ ढुंगा हानिन्छ ।

आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा भक्तपुरको लामो र मुख्य जात्रा हो । स्थानीय भाषामा यसलाई बिस्का भनिन्छ । भक्तपुरको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्केट जात्रा सुरुवात हुन्छ ।

तर, यति लामो परम्परामा ढढुंगा हानिन्छ भन्ने सुन्दा अचम्म लाग्छ । के कारणले जात्रामा ढुंगामुढा हुन्छ ? धेरैजसोसँग जवाफ छैन । तैपनि यो जात्रामा ढुंगामुडा हुने गर्छ ।

किन ढुंगा हानिन्छ ? सबै अनविज्ञ छन् । तै पनि यो जात्राका दिन ढुंगा हान्ने गरिन्छ । यसलाई रोक्न प्रहरी प्रशासनले वषौंदेखि प्रयास गर्दै आएको छ । तर, सफल भने बन्न सकेको छैन । यो वर्ष प्रशासन र नगरपालिकाले जात्रामा ढुंगामुढा हुन नदिने संयुक्त प्रयास थालेका छन् ।

ढुंगामुढा जात्राको अभिन्न अंग !
ढुंगामुढाको कारण भक्तपुरको बिस्केट जात्रा बद्नाम हुन थालेको छ । ढुंगामुढा हुने कारण बिस्केट जात्रा हेर्न आउन डराउने गर्छन् । तर घुइँचो भने उत्तिकै हुन्छ । बिस्केट जात्राका क्रममा भैरवनाथको रथ गुड्ने ठाउँमा पाइला टेक्ने ठाउँ हुँदैन ।

अहिले धेरैलाई ढुंगामुढा भएन भने बिस्केट जात्रा मनाएको जस्तो नहुने गरेको स्थानीय बताउँछन् । बिस्केट जात्रा सकेर घरमा कोही फर्कंदा सबैको एउटै प्रश्न हुन्छ, ‘यसपालि ढुंगामुढा भएन ? इँटा हानाहान भएन ?’

त्यसैले बिस्केट जात्राको पर्याय ढुंगामुढा हुन थालेको यसबाट प्रस्ट हुन्छ । सबैको बुझाई भैरवनाथको रथ तलमाथि गरी दुई समूहमा बाँडेर तान्ने गरेकाले आफूतिर रथ तान्न सक्ने समूहले ढुंगामुढा गर्ने भन्ने बुझाइ रहँदै आएको छ ।

प्रशासन बन्छ आँखाको तारो
बिस्केट जात्राको दिन अरुभन्दा पनि प्रहरी प्रशासन र ट्राफिक प्रहरी स्थानीयको आँखाको तारो बन्ने गरेका छन् । प्रहरीसँग ढुंगामुढा गरी लुकामारी खेल्नुको मज्जा बिस्केट जात्राबाहेक अरु बेला नपाइने उनीहरू सगर्व बताउँछन् ।

बिस्केट जात्राका क्रममा ढुंगामुढा भएन र झैझगडा भएन भने कतिपय युवाहरुसमेत यस वर्ष बिस्का जात्रा खल्लो भयो भन्छन् । नगरपालिकामा नक्सापास गर्न जाँदा अलमल गरिँदा, वडामा कुनै सिफारिस लिन जाँदा ढिलाइ गर्दा पनि त्यसको रिस बिस्केट जात्रामा पोख्ने गरिने बताउनेहरू धेरै छन् ।

जात्राको कारण समस्या हुँदै गएकाले बिस्कट जात्रामा हुने ढुंगामुढा तथा झैझगडा अन्त्य गर्न आवश्यक भइसकेको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले बताउँछन् ।

किन हान्छि ढुंगा ?
खासगरी रथमा अनधिकृत मान्छे बस्ने गरेका छन् । कतिपयले त झगडा गर्न भनेर रथमा बस्ने गरेका छन् । त्यसरी अनाधिकृत मानिस रथमा बस्दा रथ तान्नेहरूलाई रिसाउने गर्छन् । उनीहरुलाई रथबाट भाmर्न पनि ढुंगाले हान्ने गरिन्छ ।

रथ तान्न प्रयोग गरिने डोरी चुँडिँदा पनि जात्रालुले आक्रोश व्यक्त गर्ने क्रममा हुने घटना ढुंगामुढासम्म पुग्ने स्थानीय बताउँछन् । गुठी संस्थानले ठेकेदारमार्फत कमसल डोरी ल्याउछन् । जुन डोरी रथ तान्ने क्रममा पटकपटक चुँडिन्छ । डोरी चुडिँदा जात्रालु लड्छन्, घाइते हुन्छन् । त्यसको रिस ढुंगामुढासम्म पुगेर पोखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...