असल संस्कार निर्माणका लागि महाअभियानको प्रारम्भ

Saskar samaj

काठमाडौं । समाजमा सामाजिक संस्कार हराउँदै गएका बेला ‘असल संस्कार–समृद्धिको आधार’ नामक महा अभियानको प्रारम्भ भएको छ ।

संस्कार समाज नेपालले समाज परिवर्तनका लागि आफैंले सभ्य संस्कारको विकास गर्नुपर्ने भन्दै सोमबारदेखि महाअभियानको राजधानीबाट थालनी गरेको हो ।

सो अभियानको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले शुभारम्भ गरे । यो अभियानको शुभारम्भ भएसँगै समाज परिवर्तनमा आफैंबाट असल संस्कारको विकास गर्नुपर्ने मन्त्री बस्नेतले उद्घोष गरे ।

‘समाज परिवर्तन बिनाको समृद्धिको अर्थ हुँदैन, समृद्धि हासिल गर्न समाज संस्कार यूक्त हुनुपर्छ’ उनले भने, ‘समृद्धि बिनाको विकास त होला तर त्यो विकासले समृद्धिलाई सम्बोधन गर्न सक्दैनन ।’

उनले यो महाअभियानलाई पूरा गर्न आयोजकलाई अनुरोध पनि गरे । उनले भने, ‘यो निक्कै महत्वपूर्ण छ, राजनीतिक प्रणालीमा संस्कारको सबैभन्दा बढि भूमिका रहन्छ ।’

कार्यक्रममा समाजकी अध्यक्ष पशुपति गुरुङले नेपालमा नैतिक शिक्षाको अभाव भएकाले पाठ्यक्रममा नैतिक शिक्षा राख्नुपर्ने बताइन् । उनले विदेशमा असल संस्कारकै कारण परिवर्तन भएकाले नेपालीले आफ्नो संस्कारलाई परिवर्तन गर्नुपर्ने बताइन् ।

सो महाअभियानको शुभारम्भ कार्यक्रममा युवा गैरसरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरी, काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष खेम तिवारी, राष्ट्रिय अपांग कोषका सदस्य सचिव यम मैनाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, चन्दा पाठक लगायतले संस्कारको शुरुवात आफुबाट गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...