छैटौँ राष्ट्रपति रनिङ शिल्ड शुरु

Index 26

हुम्ला । जिल्ला खेलकूद विकास समितिको आयोजनामा सदरमुकाम सिमिकोटमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले एक समारोहबीच गरे । प्रतियोगितामा ११ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ ।

सहभागी हुनेमा मानसरोवर उच्च माध्यामिक विद्यालय महादेव, सैपाल बालमन्दिर, रामदेव कैलाश, रलिङ, कर्णाली, सीता, हुम्ला माध्यामिक विद्यालय, हिमज्योति माध्यामिक विद्यालयलगायत रहेका छन् ।

प्रतियोगितामा एथ्लेटिक्सतर्फ १३ वटा समूह, भलिबल प्रतियोगितामा ७७ छात्रा र ७६ छात्र सहभागि छन् । प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष विनोद बोहोराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...