१२ जेठमा सलमानको ‘दबङ टुर’ काठमाडौंमा

Salman khan

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ को त्रासबाट नेपाल आउन रोकिएका भातीय अभिनेता सलमान खान फेरि नेपाल आउने भएका छन् ।

फागुन २६ मा काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक सो आयोजना गर्ने भनिएको थियो । तर, अन्तिम समयमा विप्लवको धम्कीलाई देखाउँदै आयोजकले कार्यक्रम नै स्थगित गरेको थियो ।

अघिल्लोपटक विप्लवको त्रासले कार्यक्रम स्थगित भएको बताइए पनि आवश्यक खर्च जुटाउन नसक्दा आयोजकले कार्यक्रम स्थगनको बहाना खोजि गर्दै थियो । त्यही बेला विप्लवको धम्की आयोजकका लागि कार्यक्रम स्थगनको माध्यम बनेको थियो ।

त्रासकै कारण रोकिएको सो कार्यक्रम फेरि आउने जेठ १२ मा हने भएको छ । त्यसबेला भने उनी आउने पक्कापक्की भएको छ । नेपालको आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ ।

५ अप्रिलमा प्रेसित पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि आउने उल्लेख गरिएको छ ।

खान शनिवार मात्रै कालो हरिण शिकार अभियोगमा दुई दिन जेल बसेर रिहा भएका थिए । उनी रिहा भएपछि आयोजक पनि निक्कै उत्साहित भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...