धर्म गुरु बालसन्तमाथिको गोली प्रहार धार्मिक युद्धको थालनी नै हो ?

Religious war

काठमाडौं । गएराती बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरियो । त्यसको चौतर्फी विरोध भयो । त्यो विरोध खासगरी हिन्दुवादीहरुले गरे ।
हिन्दुवादी संघ संस्था र राजनीतिक पार्टीहरुले कारवाहीको घटनामा संलग्नलाई कारवाहीको माग गरे । प्रहरीले आफ्नो अभियान पनि तीव्र बनायो । आइतवार दिउँसो विराटनगर महानगरपालिका–१४ बाट २ जनलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ पनि गरेको गरेको छ ।

विराटनगर–१४ स्थित जतुवामा गएराति १ः४५ बजे शौचका लागि कोठाबाट बाहिर निस्कनासाथ आचार्यमाथि गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेका आचार्यको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई गोली प्रहार गरिएको घटनास्थलमा मंगोल अर्गनाइजेशनको पर्चा भेटिएको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । तर, प्रहरीले अहिलेसम्म नाम गोप्य राखेको छ ।

आखिर किन मंगोल अर्गनाइजेशनले आचार्यलाई गोली प्रहार ग¥यो त ? के रिसिइवी छ मंगोल अर्गनाइजेशन र आचार्यबीच ? सबैले पर्चा भेटिएको आधारमा मंगोल नेशनल (आर्मी) ले हत्याको प्रयास गरेको हो की भन्ने शंका गरेका छन् । तर पर्चामा न त आचार्यको बारे केही लेखिएको छ, न सोही समुह सो घटनामा संलग्न भएको देखिन्छ ।

तर पनि किन जिम्मेवारी लियो यो समुहले ? मंगोल नेशनल अर्गनाईजेशन (आर्मी) प्रदेश नं. ३ का इन्चार्ज डेविट तामाङले प्रेस विज्ञप्ती जारी गरेर किन धम्की दिइरहेका छन् ? तामाङको विज्ञप्तीमा धार्मिक मठमन्दिर र धार्मिक गुरुहरु र हिन्दु धार्मिक संघ संगठनहरुमा कार्यगर्नेहरुलाई हमला गर्न आदेश पनि दिएका छन् ।

यस्तो श्रंखला
गत चैत ८ मा मंगोल नेसनल अर्गनाइजेसन (आर्मी) ३ नम्बर प्रदेश इञ्चार्ज डेबिट तामाङकै नामबाट आएको पर्चामा सन् २०२५ सम्म नेपाललाई इसाई राज्य बनाउने भन्दै हिन्दुवादी संघ संस्थालाई धम्क्याइएको थियो । त्यस्तो धम्की आएपछि हिन्दुवादी संघ संस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर सोको जानकारी पनि गराए ।

मंगोल नेसनल अर्गनाइजेसनका नाममा त्यस्तो पर्चा भेटिएपछि हिन्दुवादी संघसंस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरे । र, आफूहरुमाथि भौतिक धम्की आइरहेकाले दोषीलाई कारवाही गर्न र धार्मिक व्यक्तिहरुको सुरक्षाको प्रवन्ध गर्न माग गरे ।

मंगोल नेशनल अर्गनाइजेन (आर्मी) का नाममा हिन्दुवादीलाई थर्काउने र गोलीसम्म हान्ने काम चाहिँ कसले गरिरहेको छ त ? तर, सो अर्गानाइजेसनले तामाङले पार्टीकै बदनाम गरेकाले कारवाही गरिसकेको जनाएको छ । सो पार्टीले त्यो डेविट तामाङ भन्ने व्यक्ति कोहो, त्यसलाई खोजी गरेर कारवाही गर्न सरकारसँग विज्ञप्तिमार्फत जानकारी पनि गराएको छ ।

कसले ग¥यो त त्यो प्रयास ?
अहिलेसम्म आचार्यमाथि कसले हत्याको प्रयास ग¥यो भन्ने खुलेको छैन । तथापि पछिल्ला समयमा हुन थालेका सानातिना घटनाले जातीय हिंसातर्फ लैजादै गरेको भान हुन्छ ।

मंगोल नेशनल अर्गनाइजेसनका नाममा डेविट तामाङको नक्कली नामबाट जारी पर्चामा ‘जय मसी’ जस्ता शब्दहरु प्रयोग गरिएका छन् । चैत ८ मा हिन्दुवादीलाई थर्काएर वक्तव्य आएको दुई सातापछि धर्म गुरुमाथि गोली प्रहार हुनुले धार्मिक युद्ध निम्त्याउन खोजिएको देखिएको छ ।

गएराति गोली लागेका आचार्यको पनि त्यति राम्रो विगत छैन । उनले केही समयअघि काठमाडौंमा भएको राप्रपा नेपालको एक कार्यक्रममा २०६३ यता बनेका चर्चहरु भत्काउने धम्कीपूर्ण भाषण गरेका थिए । त्यसपछि झापाका चर्चहरुमा वम बिस्फोट गराइयो । त्यसमा केही हिन्दुवादीहरुको नै संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यसले के देखाउँछ भने नेपालमा धार्मिक युद्ध निम्त्याएर रमाउनेहरुको समुह बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...