१२० दिने मार्सल आर्टस् नेतृत्व कौशल प्रशिक्षण सुरू

Marsal arts

काठमाडौं । नेपालमा दोस्रोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सो तालिमको पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले उद्घाटन गरे ।

तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा यही आइतबारदेखि विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र, जोरपाटीमा प्रशिक्षण भइरहेको छ । प्रशिक्षणमा देशभरका १ सय ३० जनाको सहभागीता छ ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री ढकालले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भए पनि यसले नेपालमा यसले छुट्टै पहिचान बनाएको बताए । ‘युवाहरू देशको भार हैन, आधार बन्नुपर्छ’ उनले भने, ‘खेलको माध्यमबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने हुँदा यसको विकासमा सबै लाग्नुपर्छ ।’

उनले जुन सुकै क्षेत्रमा पनि जित र हार एक सिक्काका दुई पाटा भएकाले हारबाट नआत्तिन र जितबाट नमात्तिन आग्रह गरे । उनले अरूलाई सम्मान गर्न सके मात्र आफूले सम्मान पाउने पनि बताए ।

सो कार्यक्रममा युपीएफ नेपालका महासचिव विनोद डाँगी, एफएफडब्लुपीयू सेन्ट्र«ल एशियाका उपाध्यक्ष डा. छान् उक युन, तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेल लगायतले खेलकुद स्वस्थ जीवन, अनुशासन, राष्ट्रको गौरवका लागि महत्वपुर्ण हुनेबारे प्रकाश पारे । उनले खेलाडीहरू देशका गहना र शक्ति रहेको बताएका थिए ।

तालिममा सहभागी खेलाडीहरूलाई मार्सल आर्टका अलवा अग्रेजी तथा कोरियन भाषा प्रशिक्षण, सरसफाई, सामाजिक उत्तरदायित्व , व्यक्तित्व विकास, बाढीपीडितलाई राहत संकलनलगायत सामाजिक कार्यमा समेत सहभागिता गराइने राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...