सलमानका फ्यानलाई खुसीको खबर : दुई दिनमै जेलमुक्त बने खान

Salman khan

काठमाडौं । नेपालमा मात्रै होइन, विश्वमा सलमान खानका फ्यान छन् । दुई दिनअघि उनलाई कालो हरिण मारेको अभियोगमा ५ वर्षको जेल सजाय सुनाइएको थियो ।

खानलाई ५ वर्षको जेल सजाय सुनाइदा खानका फ्ना मात्रै होइन, सिंगो फिल्मी क्षेत्रमा करोडौ लगानी डुब्ने चिन्ता थपिएको थियो । तर, अदालतले उनलाई दुई दिनमै रिहा गरेको छ । सलमान रिहा हुने सुन्ने वित्तिकै अदालत बाहिर जम्मा भएका उनका समर्थक र फ्यानहरुले खुसीयाली मनाएका छन् ।

कालो हरिण मारेको मुद्दामा दोषी ठहरिएर जेल पुगेका बलिउड अभिनेता खानलाई राजस्थानको जोधपुर केन्द्री जेलमा दुई दिनदेखि राखिएकोमा अदालतले जमानतमा रिहा गरिदिएको हो । कालो हरिण मारेको अभियोगमा सलमानविरुद्ध २० वर्षदेखि अदालतमा मुद्दा चलेको थियो ।

१ अक्टोबर १९९८ को रात सलमान र उनका साथीहरुले जोधपुर नजिकै कांकाणी गाउँमा संरक्षित वन्यजन्तुमा रहेको दुई कालो हरिणको शिकार गरेका थिए । गाउँलेका अनुसार गोलीको आवाज सुनेपछि उनीहरुको पिछा गरिएको थियो । यिनमा कयौँ गाउँलेले सलमानलाई पनि देखेका थिए । त्यसपछि मारिएको हरिणलाई पोस्टमार्टमका लागि वन विभाग पठाइएको थियो । त्यसपछि सलमान यही मामिलामा गोली चलाउने प्रमुख व्यक्ति बनेको आरोप लागेको थियो ।

अदालतका न्यायाधीश रवीन्द्र कुमार जोशीले सलमानलाई २५/२५ हजार धरौटी लिएर सशर्त जमानत दिएका हुन् । २० वर्ष पुरानो यो मुद्दामा उनी हरेक पटक जमानतमा रहँदै आएका छन् । सलमानले हरेक पटक अदालतको आदेशको पालना गरेको बताउँदै उनले यस्तोमा जमानत दिन माग गरिएको बताए ।

अहिले सलमान ‘भारत’ नामक फिल्ममा काम गर्दै थिए । यसको निर्देशन अली अब्बास जफरले गर्दैछन् । उनले यसअघि सलमानसँग ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ मा काम गरिसकेका छन् । यसैगरी सुपरहिट सिरिज ‘दबंग–३’ मा पनि सलमानले खेल्ने तय भइसकेको थियो । यो फिल्मको सुटिङ पनि यसै वर्षको अन्त्यबाट सुरु हुँदै थियो । उता सलमानको सुपरहिट फिल्म ‘किक’को सिक्वेल पनि बन्ने तयारीमा थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...