छायाँछवि काव्यको छैठौं श्रंखला बन्यो धादिङ विषेश

Shantipriya  amrita

काठमाडौं । शनिवारको छैठौं छायाँछवि काव्य श्रृंखला धादिङ विषेश बनेको छ । 

शनिबार बागबजारको सिटिम्याक्समा आयोजित समारोहमा प्रसिद्ध साहित्यकार एवं रेडियोकर्मी नवराज लम्साल तथा अभिनेत्री शोभिता सिंखडाको विशेष आतिथ्यतामा छायाँछविले छैठौें काव्य श्रृंखला सम्पन्न गरेको हो ।

छायाँछवि काव्य श्रृंखलाका अध्यक्ष एवं वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियले कार्यक्रमको सुत्रधारका रुपमा प्रस्तुत हुँदै कार्यक्रमको प्रमुख उद्देश्यमाथि प्रकाश पारेका थिए । शान्तिप्रियले आफ्नो मूल उद्देश्य साहित्यीक क्रियाशिलताका माध्यमबाट केही न केही साहित्यिक रुपमा विकास गर्नुपर्ने बताए । कार्यक्रम संयोजक रश्मि रोदनले साहित्य, संगीत र चलचित्रको त्रिवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप छायाँछवि काव्य श्रृंखला आयोजना गरिदै आएको बताइन् ।

यस पटकको कार्यक्रम धादिङ बिशेष थियो । कार्यक्रमकी संयोजक रश्मि रोदन धादिङकै हुन् भने कार्यक्रमका बिशिष्ट अतिथिद्वय नवराज लम्साल तथा शोभिता सिंखडा एवं काब्य वाचनकर्ताद्वय यात्री प्रकाश पाण्डे तथा अमृता स्मृति सबै धादिङकै हुन् ।

सो कार्यक्रममा गजलकार यात्री प्रकाश पाण्डेले गजल बाचन गरेका थिए भने कवयित्री अमृता स्मृतिले कविताहरु सुनाएकी थिइन् । वाचन गरिएका श्रष्टाका श्रृजनामाथी नवराज लम्सालले समिक्षा गर्दै कार्यक्रम आफूलाई निकै मन परेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...