धनगढी प्रिमियर लिग महेन्द्रनगर युनाइटेड प्ले अफमा

Dpl

धनगढी । गए राति पानी परेपछि धनगढी प्रिमियर लिग डिपिएल अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया बीचको खेल स्थगन भएको छ ।

खेल स्थगन भएसँगै ५ अंकका साथ महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा पुगेको छ । महेन्द्रनगर आफ्नो एक खेल खेल्नुअगावै प्ले अफमा पुगेको छ । मैदान हिलाम्ये भएपछि आजको खेल सञ्चालन हुन सकेन । खेल स्थगन भएपछि दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् । सिवाइसी अत्तरिया तीन अंकका साथ पाँचौँ स्थानमा छ ।

महेन्द्रनगर युनाइटेडले आइतबार लिगको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससँग खेल्ने छ । काठमाडौँ गोल्डेन्सले लिगको चार खेलमा चार वटैमा जीतका साथ आठ अंक बटुलेको छ । योसँगै काठमाडौँले प्ले अफमा पहिले नै आफ्नो स्थान सुरक्षित बनाएको छ ।

यस्तै, सिवाइसी अत्तरियाले आइतबार विराटनगर किंग्ससँग लिगको अन्तिम खेल खेल्नेछ । अत्तरियाले विराटनगरलाई पराजित गरे प्ले अफमा स्थान बनाउनेछ ।

मौसममा सुधार हुन नसकेपछि आज हुने भनिएको टिम चौराह धनगढी र रुपन्देही च्यालेन्जर्स बीचको खेल अहिलेसम्म सञ्चालन हुन सकेको छैन । तीन बजेसम्ममा मौसममा सुधार आए दुवै टिमबीच खेल खेलाइने अम्पायर महेश बोहराले जानकारी दिए । खेल स्थगन भए दुवै टिमले एक/एक अंक बाँड्नेछन् ।

अहिलेसम्म धनगढी चौराह चार खेलमा दुई जीत र दुई हारसँगै चार अंकसहित चौथो स्थानमा तथा रुपन्देही चार वटै खेलमा हार व्यहोरेर बिना कुनै अंकसहित पुछारमा रहेको छ । रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...