एसईई दिने दलित विद्यार्थीलाई डेराबाट निकाल्ने प्रअलाई जोगाउने प्रयास

उजुरी नै दर्ता नगरी प्रमाण जुटाउने बहाना बनाउँदै प्रहरी

Sindhupalchok news

सिन्धुपाल्चोक । एसईई दिन गएका दुई दलित विद्यार्थीलाई डेराबाट निकाल्ने प्रधानाध्याकलाई कारबाही गर्नुको सट्टा उन्मुक्ति दिने प्रयास भइरहेको छ ।

एसईई दिन गएका श्री आनन्द माध्यमिक विद्यालय जलबिरेको कक्षा १० मा अध्यनरत किसन मिजार र सुमन मिजारलाई चेतनारायण पौडेलले जातकै आधारमा डेराबाट निकालेका थिए । पौडेल दोवङ्पोखरी आधारभुत विद्यालयका प्रधानाध्यापकसमेत हुन् ।

एसईई दिन गएका दलित विद्यार्थीलाई जातकै आधारमा डेराबाट निकाल्ने प्रअ पौडेललाई कावरवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जिल्लाका दलित अधिकारकर्मीहरुले बिहीबार नै उजुरी दिएका थिए । तर, प्रहरीले उजरी नै दर्ता गर्न मानेको छैन ।

उजुरी नै दर्ता नगरी प्रहरी दुवै पक्षसँग छलफलमै केन्द्रित भएपछि पीडित पक्ष सशंकित भएको छ । प्रहरकिो व्यवहारले पीडितलाई राहतको ठाउँमा आहत थपेको पीडितका बाबु ज्ञानबहादुर मिजार बताउँछन् ।

उजुरी लिएर गएका दलित अधिकारकर्मीहरुलाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार छलफल गर्ने र त्यसपछि मात्रै उजुरी दर्ता गर्ने बताएपछि शुक्रबार प्रअ पौडेलसहित छलफल गरिएको थियो । प्रअ पौडेलले जातको आधारमा डेराबाट निकालेको घटना सार्वजनिक भएपछि जुगल गाउँपालिका वडा नंं. ५ का वडा अध्यक्ष सनम अधिकारीले इलाका प्रहरी कार्यालयमै मिलापत्र गराउन खोजेका थिए ।

तर, जिल्ला प्रहरी कार्यालयमा उजुरी पुग्दासमेत वडा अध्यक्ष अधिकारी घटनालाई सामान्य ठानी मिलापत्र गराउने ध्याउन्नमा छन् । यसले जनप्रतिनिले पनि जातीय छुवाछूत जस्तो गम्भीर प्रकृतिको अपराधलाई मिलापत्र मात्रै गराउन खोज्दा घटनालाई अन्यत्र मोड्न खोजिएको जस्तो दलित अभियान्ता उमेश विश्वकर्मा बताउँछन् ।

प्रहरीले गरेन उजुरी दर्ता 
सो घटना सार्वजनिक भएपश्चात चैत्र ८ मा पीढितले इलाका प्रहरी कार्यालय जलबिरेमा मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले उजुरी नै दर्ता गरेको थिएन । इलाका प्रहरी कार्यालयले उजुरी दर्ता गरी पीडकलाई पक्राउ गर्नुको सट्टा वडाध्यक्षसँग समन्वय गरी मेलमिलाप गराउने प्रयत्न गरेको थियो ।

इलाका प्रहरीले गाउँमै मिलापत्र गर्न दवाव दिएपछि पीीडतहरुले २२ गते जिल्ला प्रहरी कार्यालयमा कारवाही गर्न निवेदन दिएका थिए । तर, जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता नगरी पहिले दुवै पक्षसँग मिलापत्र गराउने प्रयास गरेको थियो ।

प्रहरीले घटनालाई लुकाउने प्रयास गरेको पीडितले आरोप लगाएका छन् । प्रहरीले पौडेलको घरमा डेरा गरेर बस्ने अन्य ७ जना विद्यार्थीलाई सोधपुछ गरेर मात्र उजुरी दर्ता गर्ने भन्दै घटनालाई अन्यत्र मोड्न खोजेको छ ।

प्रहरीले दुवै पक्षसँग शुक्रबार छलफल गरे पनि अन्य ७ जना विद्यार्थीसँग सोझपुछ गरेर फेरि आइतवार छलफल गर्ने बताएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विमलराज कँडेलले सो घरमा डेरामा बस्नेसँग थप बुझेर मात्रै सो उजुरी उपर कारबाही गरिने बताउँछन् ।

‘प्रमाण पुग्दैन की भनेर मात्रै थप प्रमाण जुटाउन उजुरी दर्ता नगरेको हुँ’ डिएसपी कँडेलले निशान न्युजसँग भने, ‘उजुरी दर्ता गर्नु मात्रै ठूलो कुरा होइन, पीडितलाई न्याय पुग्ला भनेर थप प्रमाण जुटाउने भनी प्रहरी लागेको छ, आइतवार छलफल गरेर उजुरीउपर कारवाही अगाडी बढ्छ ।’

छुवाछूत गर्नु सामाजिक अपराधको रुपमा लिइन्छ । तर, प्रहरीले प्रधानाध्यापक जस्तोले त्यसरी सामाजिक अपराध नगर्ला की भनेर दलित विद्यार्थीलाई डेराबाट निकाल्ने प्रअ पौडेललाई कारवाही गर्न सकेको छैन ।

घटना लुकाउने खेल
पीडितले प्रहरी कार्यालय र राष्ट्रिय दलित आयोगमा समेत उजुरी दिएका छन् । राष्ट्रिम दलित आयोगले पीडकलाई पक्राउ गरी कारवाही गर्न पत्रसमेत पठाइसकेको आयोगका कानुनी अधिवक्ता रामबहादुर मिजार बताउँछन् ।

आयोगले पत्रचार गरे पनि जिल्ला प्रहरी कार्यालयलाई दिइएको उजुरी डिएसपीकै खल्तीमा छ । सामान्यतय जातीय छुवाछूतका घटनाका मुद्दालाई प्रहरीले सामान्य रुपमा हेर्ने गरेको छ । त्यसैका आधारमा जातीय छुवाछूतका घटना बढिरहेको दलित अधिकारकर्मीको भनाई छ ।

उजुरी नै औपचारिक दर्ता नगरि अनुसन्धान गरेर मात्र दर्ता गर्ने नगर्ने निर्णयमा पुगिने प्रहरी प्रमुखको निर्णयले घटनालाई तोडमोड गर्ने चलखेल भएको दलित अभियान्ता सुनील मिजार बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...