टंक बुढाथोकीको ‘रेली माइ’ मा ‘कार्टुन्ज क्रु’

4

काठमाडौँ । पछिल्लो  समय गीत संगीतमा निकै चर्चामा रहेको गायक तथा संगीतकार टंक बुढाथोकी र नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ ।

‘रेली माइ’ बोलको गीतमा स्वर, शब्द तथा संगीत  टंक बुढाथोकीको रहेको छ । यो बर्ष मात्रै चलचित्र ‘शत्रु गते’ मा समावेश गीत ‘रुपै मोहनी’ गीत र आसुको अर्थ जस्ता सफल गीत दिएका गायक तथा संगीतकार  टंक बुढाथोकी यस गीतलाई  पनि दर्शक तथा स्रोताले मन पराउने बताएका छन् । केहि घन्टामा युट्युब ट्रेन्डिङको ६ नम्बरमा पर्न सफल ‘रेली माइ’ गीतले  गायक टंक बुढाथोकीको अर्को सुपर हिट गीत हुने आकलन गर्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै फरक र दमदार डान्स देख्न सकिन्छ ।सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।

 गीतको भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरु रोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीलाई  फ़िचरिङ्ग गरिएको छ ।ज्ञानेन्द्र शर्माको छायांकन रहेको  भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

यस्तै सार्वजनिक भिडियो सगै  गायक टंक बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमश प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने कार्टुन्ज क्रु का सरोज अधिकारीले बताए ।

२०७५ असार १ गतेसम्म पठाईसक्नुपर्ने भिडियोको बिजेता घोषणा असारको १७ गते हुनेछ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...