अपांग व्यक्तिलाई जिल्ला भ्रमणमा पठाए वडा अध्यक्षले

Dkt apang

धनकुटा । अपांगता भएका व्यक्तिहरुलाई समाजले नराम्रो देष्टिले हेर्ने गर्छ । तर, धनकुटा नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो वडामा भएका अपांगता भएका व्यक्तिहरुलाई विभिन्न जिल्लाको भ्रमण गराएका छन् ।

धनकुटा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज राय (सन्दिप) ले आफ्नो वडामा भएका २४ जना अपांगता भएका व्यक्तिहरुलाई विभिन्न वडासँग सहयोग मागेर जिल्ला भ्रमणमा लगेका हुन् ।

५ दिने सो भ्रमणमा वडा सचिवसहितलाइ नेतृत्वमा जिल्ला भ्रमणमा पठाएका छन् । त्यसका लागि उनले आफ्नो वडाबाट ८० हजार खर्च गरेका छन् भने बाँकी रहेको १ लाख ५८ हजार रुपैयाँ चाहीँ नगरपालिकासँग सहयोग मागेर जुटाएका छन् ।

अहिले वडा सदस्य सन्तोष मगरको नेतृत्वमा गएको भ्रमण टोलीमा २७ जना अपांगहरु छन् । उनीहरुलाई सो वडाले तीन दिनमा चितवन, रुपन्देही, लुम्बिनी, पाल्पा, पोखरा, तनहुँ घुमाइसकेको छ भने विहीबार गोरखा दरवार र मनोकामना घुमाउने वडा सचिव मात्रिका तिवारीले बताए ।

‘कहिले पुग्न नसक्ने ठाउँ पुग्न पाउँदा उहाँहरु खुसी भएको पाएको छु’ उनले भने, ‘हामीले उहाँहरुलाई जतिसक्दो खुसी बनाएर फर्काउने प्रयासमा छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...