एसइई परिक्षा दिन डेरामा बसेका विद्यार्थीलार्इ दलित भन्दै शिक्षकले नै कोठाबाट निकाले

Sindhupalchwok

सिन्धुपाल्चोक । एसइई परिक्षा दिन परिक्षा केन्द्रमा डेरा लिएर बसेका विद्यार्थीलार्इ स्थानीय शिक्षकले नै दलित भन्दै कोठाबाट निकालिएको घटना बाहिर अाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगडी नगरपालिका २ आनन्द मावि जलबिरेमा कक्षा १० मा अध्यानरत  रोसन बस्याल सुकुमान बर्मासाहलार्इ दलित भन्दै जुगल गाउँपालिकाको दोवोङ्पोखरी आधारभूत बिधालयका प्रधानाध्यापक समेत रहेका चेतनारायण पौडेलले कोठाकाट निकालेको पीडितले बताएका छन् ।

रत्नराज्य माध्यमिक विद्यालय जुगलमा परिक्षा केन्द्रमा भएपछि विद्यार्थीलार्इ उनीहरुका अभिभावकले एसइई परिक्षा दिन पौड्यालको घरमा कोठा भाडामा लिएरका थिए ।

अभिभावकले खोजेर राखेको कोठामा चैत्र ६ गते विद्यार्थी बस्न जाँदा प्रअ पौडेलले कुन जातको हो भनेर सोधपुछ गरि तिमीहरु दलित रहेछौ तिमिहरु हाम्रोमा बस्न मिल्दैन भनेर अपमान गर्दै कोठाबाट निकालेको उनीहरुले बताएका छन् । 

न्यायको लागि जाँदा प्रहरीको वेवास्ता 

भविष्यको निमार्ण गर्न एसइई परिक्षामा समेल हुन गएका बालबालिका माथि  शिक्षण पेशामा लागेका व्यक्तिले गरेको दुर्व्यवहार सहन नसकेर पिडित  विद्यार्थी अभिभावकहरुले चैत्र ८ गते इलाका प्रहरी कार्यलय जलविरेमा उजुरी दिए ।

प्रहरी यस घटनालार्इ समान्य रुपमा लिएर उजुरीको वास्ता गरेन् । पिडितहरुको निवेदमा कुनै चाँसो नदेखाएर प्रहरीले सम्बन्धीत गाँउपालिकाको वडा अध्यक्षालार्इ मिलापत्र गराँउन दवाव दिएको  पीडित अभिभावक ज्ञान बहादुर सार्कीले जानकारी दिएका छन् ।

घटनाका पीडितलार्इ न्यायको लागि दलित एकता संजाल सिन्धुपाल्चोकले पहल गरिरहेको शुनिल मिजारले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...