हेर्नुस्, समाज कल्याण परिषद्को बेथिती नं. १

Samaja kalyan

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको नियमन गर्न स्थापना गरिएको समाज कल्याण परिषद् जहिले पनि विवादमा पर्ने गरेको छ ।

लामो इतिहास बोकेको परिषद् महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालययअन्र्तगतको एउटा निकाय हो, जसले नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको कार्य प्रगतिबारे अनुगमन गर्ने काम गर्छ । तर, यो सरकारी निकाय भएकै कारण सरकार परिवर्तन भएसँगै यसमा सदस्य सचिव परिवर्तन हुने गर्छ ।

नयाँ जोगीले खरानी धेरै धस्छ भनेझैं नयाँ आउने सदस्य सचिवले कैही न केही उपद्रो गर्ने गरेका छन् । अहिले पनि समाज कल्याण परिषद्मा पदाधिकारीहरुको मनोमानीको सीमा नाघेको खुलासा भएको छ ।

नेकपा मालेका महासचिव सीपी मैनाली महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला सदस्य सचिव बनेका डिल्ली भट्ट फेरि सदस्य सचिव भएपछि उनले हुकुमी शैलीमा शाषन चलाउन थालेका छन् । भट्ट शाही कालमा तत्कालीन राजा ज्ञानेन्द्रसँग दाम चढाएर जिल्ला विकास समिति मुगुको सभापति बनेका थिए ।

परिषद्मा काइदाको स्त्री मोह
पुरुषहरु स्त्री भनेपछि लम्पसार पर्छन् । निलमणी बराल दोस्रोपटक उपाध्यक्ष बन्ने अबसर पाएका व्यक्ति हुन् । तर, बरालले गोल्डेन हेन्डचेक पाइसकेकी बालिका थापालाई पुनः दोहोरो सुविधा पाउने गरी स्वकीय सचिवालयमा राखेका छन् । उनी विभिन्न कार्यालयमा पैसा लिन व्यक्ति हुन्, उसैलाई फेरि सचविालयमा राखिएकोमा कर्मचारी नै चकित भएका छन् ।

परिषद्मा राजनीतिक नियुक्ति लिएर आउने जो कोहीले पनि विगतमा परिषद्लाई विकृतिमुक्त बनाउन सकेका छैनन् । तर, अहिलेका व्यवस्थापनले भने विगतलाई मात खुवाउने काम गरिरहेका छन् । यसरी मात खुवाउनेको उच्च कोटीमा पर्छन् वीरबहादुर ठगुन्ना पनि । जो अहिले कोषाध्यक्ष छन् । तर उनले पनि नयाँ रमिता देखाउन चुकेका छैनन् ।

आफ्नै छोरी उर्मिला गठुन्ना स्वकीयमा राखेका उनले ज्वाई सुनिन चन्दलाई सुब्बा स्तरको करारमा नियुक्ति मात्रै गरेनन्, बगैचामा काम गर्ने ज्यालादारीकी महिलालाई सप्रराईज दिँदै एक तह बढुवासमेत दिलाएका छन् ।

कामदारसँग हिमचिम बढेको थाहा पाएपछि उनकी स्वकीय सचिव छोरीले प्रश्न उठाउँदा छोरीलाई नै अपांग कोषमा काजमा लखेटेका छन् । उनको ठाउँमा सुन्दरी सुमित्रा कोईरालालाई राखेर नयाँ किर्तिमान रचेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको नियमन गर्न स्थापित गौरवपूर्ण इतिहास बोकेको संस्था अहिले आएर यसरी स्त्री मोहमा डुबेपछि बेइज्जती मात्र कमाएनन्, उनले सिंगो देशको छवी नै धुमिल्याएका छन् ।

त्यति मात्र होइन, नयाँ मन्त्री थममाया थापा अहिले स्वकिय सचिवलाई गाडी र तेल माग्दै त्यसैको वार्गेनिङमा फसेकी छन् । कहिले सुधार हुन नसकेको परिषद्, जहाँ जो पुगे पनि समाज होइन, पहिले आफ्नो कल्याण गर्नेतिर लाग्ने गरेका छन् । जसका कारण परिषद्को उचाई बढ्नेको सट्टा घट्दै गएको छ ।

प्रतिकृया दिनुहोस