एकता हुन नसक्नुको मुख्य कारण खोले संसदीय दलको बैठकमा प्रचण्डले

Prachanda

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी एकता हुन नसक्नुको मुख्य कारण अाफ्नो पार्टीका सांसदहरुलार्इ बताएका छन् । 

माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले एकता रोक्न चलखेल भएको बताएका छन् । भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भइरहेको भन्दै अध्यक्ष प्रचण्डले सचेत हुन सांसदहरुलार्इ आग्रह समेत गरेका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,’भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन् । तर, त्यसले एकता रोक्न सक्दैन ।’

अध्यक्ष प्रचण्डले माओवादी सांसदहरुलाई सचेत ढंगल एकताको पक्षमा भूमिका खेल्न भन्दै चलखेलबाट प्रभावित हुन निर्देशन समेत दिएका छन् ।

एमाले-माओवादी पार्टी एकता सहज ढंगलले अघि बढिरहेको बताउँदै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको भन्दै बताए ।

‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ ।’ उनले भने,’हिजो मात्र हामीले राजनीतिक प्रतिबेदन र बिधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’

अध्यक्ष प्रचण्डले केन्द्रमा सह-अध्यक्षको मोडलमा जाने सहमति भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराए ।

प्रतिकृया दिनुहोस