एमालेको स्थायी समिति बैठक बस्दै, के के छन एजेन्डाहरु ?

Uml parti office blzgkjlykm

काठमाडौं । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र माओवादीसँग एकताको विषयमा भएको प्रगतिमाथि छलफल गर्न आज एमालेको स्थायी समिति बैठक बोलाएको छ ।  

मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन पेश गरेपछि एमालेले अाज स्थायी कमिटी बैठक बोलाएको हो  । 

पार्टी एकताको लक्ष्य लिएर निर्वाचनमा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रवीच एकताको अन्तिम गृहकार्य जारी छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैचारिक कार्यदलका संयोजक माधवकुमार नेपाल र संगठन कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापाले एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको संयोजन समितिमा बुझाएका थिए । 

प्रतिवेदनमा आगामी वैशाख ९ गते (नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन) एकता घोषणा गर्न सुझाव दिइएको छ ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सात बुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए । दुई दलबीच गत असोज १७ मा भएको चुनावी तालमेलपछि एकता प्रक्रिया अघि बढेको हो । 

प्रतिकृया दिनुहोस