धनगढी प्रिमियर लिग टिम चौराह धनगढी विजयी

Cricket

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।

धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो जीत हो । महेन्द्रनगर दुई खेलमा एक जीत र एक हारको अवस्थामा छ ।

संघीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै १३१ रन बनायो । धनगढीले एक सय ३२ रनको विजयी लक्ष्य १८ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।

धनगढीका लागि सुनिल धमलाले अविजित ४६ रन बनाए । उनले ४७ बलमा दुई छक्का र चीन चौका हाने । रोहन मुस्तफाले ३० बल खेल्दै ३९ रन बनाए । उनले तीन छक्का र एक चौका प्रहार गरे । यस्तै अस्फाक अहमदले २४ बलमा ६ चौकासहित ३० तथा सोनु तमाङले अविजित रहँदै १५ रन बनाए ।

बलिङतर्फ महेन्द्रनगरका पुनित मेहरा र अविनाश कर्णले एक एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै महेन्द्रनगरका पुनितले ४० तथा भुवन कार्कीले ३२ रन बनाए । पुनीतले २२ बलमा दुई छक्का र चार चौका प्रहार गरे । भुवनले ४० बलमा एक छक्का र दुई चौका हाने । यस्तै पुनित विष्टले २४ तथा कप्तान विनोद भण्डारीले ११ रन बनाए ।

बलिङतर्फ धनगढीका लागि ‘प्लेयर अफ द म्याच’ ललितसिंह भण्डारीले चार विकेट लिए । उनले चार ओभरमा ३७ रन दिए । कप्तान सोमपाल कामी र शम्शेद शेखले एक एक विकेट लिए ।

प्रतिकृया दिनुहोस