प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा क्षेत्रको डुवान समस्याको प्राथमिकतामा : परराष्ट्रमन्त्री ज्ञवाली

Pardip gyali

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा समस्या डुवानको समस्याले प्राथमिकता पाउने र समस्या समाधानका लागि अधिकतम पहल गरिने बताएका छन् ।

उनले भने, “सार्वभौससत्ताको रक्षाका लागि वर्तमान सरकार एक इञ्च पनि दायाँबायाँ गर्न सक्दैन । हामी सबै समस्यालाई क्रमशः समाधान गर्ने दिशामा नै छलफललाई केन्द्रित गर्छौं । आशा छ दुई देशबीचका समस्या समाधान हुन्छन् ।” 

मन्त्री ज्ञवालीले स्थानीयवासीको मागसँग सरकार जानकार रहेको र समस्या समाधानमा नै ध्यान दिएको स्पष्ट पार्नुभयो । “मानवीय कारणबाट सिर्जित समस्या वार्ताका माध्यमबाट तथा प्राकृतिक रुपमा आएका समस्या आन्तरिक तथा बाह्य रुपमा नै समाधान गरिन्छ”, मन्त्री ज्ञवालीले भने । 

प्रतिकृया दिनुहोस